काठमाडौं बाहिर पहिलोपटक सेनाको एयर बेस सञ्चालनमा « Khabarhub

काठमाडौं बाहिर पहिलोपटक सेनाको एयर बेस सञ्चालनमा


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर–  नेपाली सेनाले पहिलोपटक काठमाडौं उपत्यका बाहिरबाट पनि हवाई सेवा सञ्चालन गर्ने गरी पश्चिम एयर बेस सञ्चालनमा ल्याएको छ ।

नेपाली सेनाले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई लक्षित गर्दै कर्णालीको सुर्खेतमा एयर बेस सञ्चालनमा ल्याएको हो ।

मंगलबार एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले सुर्खेतमा स्थापना गरिएको एयर बेसको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

काठमाडौं केन्द्रित रहेको हवाई सेवालाई देशभर विस्तार गर्ने गरी सेनाले देशका पूर्व र पश्चिमी क्षेत्रमा एयर बेस स्थापना गरिरहेको छ ।

सेनाको सुर्खेतस्थित ‘पश्चिम एयर बेस’मा अहिले ह्याङ्गर निर्माण कार्यको समेत थालनी गरिसकेको छ । हालका लागि पश्चिम एयर बेसमा एमआई–१७ सहितका २ वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ गर्न सकिने अवस्था रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले कर्णालीलगायत सुदूरपश्चिम र प्रदेश ५ का केही जिल्लामा विपदका बेला उद्दार तथा राहातका लागि पश्चिम एयर बेसबाट हवाई सेवा सञ्चालन गरिने जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ५ : ३९ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण