खाना पचेन ? यो हो पचाउने उत्तम उपाय « Khabarhub

खाना पचेन ? यो हो पचाउने उत्तम उपाय


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हरेक मानिस स्वाद अनुसार विभिन्न परिकारका खानेकुरा खान्छन् । खानपानमा रुचि हुनेहरुले आफुलाई मनपर्ने परिकार पाएमा आवश्यकता भन्दा बढि समेत खाने गर्दछ ।

अझ खानपानको क्रममा खानेकुराको तालमेल नमिलाई खाइन्छ, जसले अधिकाशंलाई अपच हुने गर्दछ । समय तालिकाअनुसार नियमित खानपिन नगर्ने र लापरवाही गर्ने व्यक्तिलाई पाचन प्रकृयामा समस्या आउँछ र अपच हुने गर्दछ ।

अपचले शरीरमा पेट दुख्ने, गडबडी हुने लगायतका समस्या देखा पर्न थाल्दछन् । अपच भएसँगै पेटमा गडबडी हुनुका साथै भोक नलाग्ने, शरीरमा भारीपना बढ्ने, छाति पोल्ने गर्दछ ।

साथै शरीरका विभिन्न भागमा एैठन समेत हुने गर्दछ । यसरी हुने अपचलाई औषधिले समेत तत्काल नियन्त्रण गर्न सक्दैन । तर यसरी हुने अपचलाई घरेलु उपायबाट नियन्त्रण गर्न भने सकिन्छ ।

अपच भएर पेटको दुखाइ भएको छ भने २५० मिलिलिटर पानी, ५/६ टुक्रा दालचिनी, ८ चम्चा मरिचको धूलो र २ चम्चा मह तयार पार्ने ।

उक्त पानीमा दालचिनि राखेर केहि बेर उमाल्ने । उमालिएको पानीमा मरिचको धूलो र मह मिसाउने र खाना खानुभन्दा करीब आधा घण्टा अगाबै एक चम्चा उक्त मिश्रण पिउनाले अपचबाट भएको पेट दुखाई नियन्त्रण गर्छ ।

साथै यसले पाचन प्रक्रियालाई समेत सुधार गर्छ । यदि यसरी तयार पारेको मिश्रण पिउँदा पनि अपच र पेट दुखाई नियन्त्रण नभएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : ०४ बजे

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र लुकेको ‘मणिचूड दह’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको उत्तरी पहाडी भेगमा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय

अदालतको आदेशलाई लत्याउँदै ट्रम्पले फेरि बढाए १५ प्रतिशत ट्यारिफ

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सामानमा

गुल्मीमा हवाई सेवामा कटौती, अब सातामा तीनवटा उडान

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।