सुन्दर यातायातले २३ गतेबाट विद्युतीय बस चलाउँदै, चार्जिङ स्टेसन आजदेखि सञ्चालनमा « Khabarhub

सुन्दर यातायातले २३ गतेबाट विद्युतीय बस चलाउँदै, चार्जिङ स्टेसन आजदेखि सञ्चालनमा


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुन्दर यातायात प्रालिले मुलुकमै पहिलोपटक ठूला विद्युतीय सार्वजनिक सवारीसाधनको चार्जिङ स्टेसन तथा वर्कसप सञ्चालनमा ल्याएको छ ।

मंगलबार एक कार्यक्रमकाबीच चाबहिलस्थित भत्केको पुलमा रहेको चार्जिङ स्टेसन र वर्कसपको उर्जा तथा सिंचााई सचिव दिनेशकुमार घिमिरेले उद्घाटन गरे ।

चार्जिङ स्टेसन र वर्कसपसँगै सुन्दर यातायातले पार्किङ क्षेत्र पनि सञ्चालनमा ल्याएको छ । ठूला विद्युतीय सार्वजनिक सवारी सञ्चालनका लागि चार्जिङ स्टेसन स्थापना गरेको सुन्दर यातायातका चारवटा विद्युतीय बसले आगामी सोमबारबाट सेवा सञ्चालन गर्ने भएका छन् ।

सुन्दर यातायातका यी बसहरु काठमाडौंका सडकमा गुडेसँगै मुलुककै पहिलो निजी क्षेत्रबाट सञ्चालित ठूलाे सवारीसाधनको सार्वजनिक विद्युतीय यातायात बन्ने छ ।

आगामी २३ गते काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय बस प्रर्दशनी गरिने र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको कम्पनीले जनाएको छ ।

उद्घाटनसँगै नेपालमै पहिलो पटक सुन्दर यातायातका विद्युतीय बसले काठमाडौंमा सेवा प्रदान गर्ने छ । कम्पनीले तीन महिनाअघिदेखि विद्युतीय बस सञ्चालनमा ल्याउने भनेपनि चार्जिङ स्टेसन नहुँदा बस गुड्न नसकेको कम्पनीका सञ्चालक भेषबहादुर थापाले बताए ।

‘हामीले सुकेधारा र सीतापाइलामा चार्जिङ स्टेसन राख्न सरकारलाई आग्रह गरेका थियौं’ उनले भने ‘अहिलेसम्म त्यहाँ केही हुन सकेको छैन’ ।

उनका अनुसार तत्कालका लागि बसहरु सुन्दर यातायातकै ग्यारेजमा चार्ज गरी सडकमा गुड्ने छन् । त्यस्तै कार्यक्रममा बोल्दै ऊर्जा तथा सिचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले विद्युतीय बसलाई प्रवद्र्धन गर्न सकेमा निकट भविष्यमै राम्रो हुने बताए ।

‘विद्युतीय सवारी साधन बढ्दै गएमा पेट्रोलबाट चल्ने अन्य बसहरु विस्तारै हट्दै जान्छन्’ कार्यक्रममा बोल्दै उनले भने, ‘यसले प्रदुषण हट्दै जान्छ र विद्युतीय गाडीहरु बढ्दै जानेछन् ।’

सरकारले पनि ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने घोषणा गरिसकेको बताउँदै सचिव घिमिरेले यसमा निजी क्षेत्रहरु पनि सरकारको लक्ष्यलाई मध्यनजर गर्दै अघि बढेको छ भने ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : ०३ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी