मनसुनी वायुले आकाश छोडेन, दशैं हिले हुने सम्भावना बढ्यो | Khabarhub Khabarhub

मनसुनी वायुले आकाश छोडेन, दशैं हिले हुने सम्भावना बढ्यो


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुन लम्बिँदा यस वर्षको बडादशैं हिले दशैं हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन ।

मौसमविद समीर श्रेष्ठका अनुसार अघिल्लो न्यून चापीय वायु सकिएर घाम लाग्दा अब खुल्छ कि झैँ भएको थियो तर फेरि बादल लाग्न थालेको छ । यतिखेर मनसुनको न्यून चापीय रेखाका कारण भारतको उत्तरप्रदेशमा भारी वर्षा भइरहेको छ, त्यसकै असर नेपालमा बढ्न थालेको उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको गुजरात र अरब सागरमा रहेको न्यूनचापीय रेखा डिप्रेसनमा परिवर्तित भएको छ । भारतको उत्तरप्रदेशमा रहेको न्यूनचापीय मौसम प्रणालीको असर नेपालको मध्य र पूर्वी भेगमा परिरहेको छ ।

यस प्रणालीकै कारण बङ्गालको खाडी र अरब सागर दुवैतिरको जलवाष्पयुक्त वायु तानिएर नेपालतर्फ आउनेक्रम जारी रहेकैले अझै एकसाता वर्षा लम्बिने मौसमविद् श्रेष्ठले बताए ।

केही दिनसम्म बदलीको अवस्था नै रहने अवस्था हुनेछ । बढीजसो यसपालिको वर्षाको प्रभाव प्रदेश ३ का साथै गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा कायम रहनेछ । मध्य र पश्चिमका केही भूभागमा भारी वर्षा पनि हुनसक्ने जनाइएको छ ।

‘तर दशैंमा आवतजावत गरिरहने सर्वसाधारणले धेरै ठूलो चिन्ता लिनुपर्दैन’, श्रेष्ठले भने, ‘लगातार र ठूलो दर्के पानी पर्दैन, त्यसैले बाढी पहिरोको जोखिम कम छ । तर मनसुन जाँदै गर्दाको बादल भएकाले बिजुली चम्कने र चट्याङ पर्नसक्ने खतरा भने कायमै छ ।’

असोजभरि नै बादल नेपालको आकाशमा देखिने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । यो मनसुनी वायु अन्त्यपछि भने पश्चिमी वायु बलियो हुँदै जानेछ भन्दै श्रेष्ठले पोस्ट मनसुनको यो अवस्थामा चिसो हावा चल्ने र आकाश खुल्ने वातावरणसँग हिउँद लाग्ने बताए ।

यतिबेला पश्चिमी वायुस्थिर रहेकाले पनि अन्यत्रको मनसुनी वायुको असर नेपालमा लामो समय कायम रहेको अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसोसँगैको वर्षामा जोगिनुपर्छ

नेपालमा मनसुन शुरु हुँदा भारतको केरलाबाट प्रक्रिया शुरु हुन्छ । मनसुन सकिँदा भारतकै राजस्थानबाट प्रक्रिया शुरु हुन्छ । तर त्यसको कुनै छाँट नहुँदा हिले दशैं हुने पक्का भएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता डा. अर्चना थापाले जानकारी दिइन ।

तातो कम हुँदै र चिसो बढ्दै गएका बेला हुने वर्षाले मानिसको स्वास्थ्यमा असर पर्ने भन्दै थापाले दशैंको यात्रा गर्दा र फरक ठाउँमा जाँदा ध्यान दिनुपर्ने बताइन ।

यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाको ३ दिने मौसमको पुर्वअनुमान

असोज १६ गते (बिहिबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि र पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भुभागका थोरै साथै पश्चिमका १ वा २ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

असोज १७ गते (शुक्रबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा साथै पश्चिमी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।

असोज १८ गते (शनिबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि पुर्वी भुभाग लगायत मध्य पहाडी भुभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ७ : २२ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन