हरियो स्याउ खानुका यस्ता छन् फाइदा « Khabarhub

हरियो स्याउ खानुका यस्ता छन् फाइदा


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

स्याउका फाइदाबारे सवैलाई थाहा नहुन सक्छ । बजारमा सबैभन्दा बढी बिक्ने फलफुलमा गनिन्छ स्याउ । स्याउ खानमा जति मिठो हुन्छ स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायी हुन्छ । यसमा मानव स्वास्थ्यका लागि आवश्यक पर्ने विभिन्न पौष्टिक तत्वहरु पाइन्छन् ।

अझ हरियो स्याउ त मानव स्वास्थ्यका औषधि समान नै मानिन्छ । हरियो स्याउ अलिअलि अमिलो हुने गर्दछ, तर पोषकतत्व, खनिज र भिटामिनले भरिपूर्ण हुन्छ । यसमा उच्च फाइबर हुने भएकाले शरीरको मेटाबोलिज्म बढाउन मद्दत गर्दछ ।

हरियो होस् त रातो नै किन नहोस् स्याउको छाला नफाली खानुपर्छ । बोक्रासहित खानु स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक हुन्छ । यसले कलेजो तथा पाचनप्रणालीमा हानीकारक तत्वलाई नष्ट गर्दछ, साथै रगतमा चिनीको मात्रा नियन्त्रण गरी मधुमेहबाट बचाउन मद्दत गर्दछ ।

के के छन् त फाइदा ?

तौल घटाउन

हरिया स्याउ फाइबरले भरिपूर्ण हुनुका साथै, चिल्लोको मात्रा, सुगर र सोडियम पनि कम हुने गर्दछ । यसमा क्यालोरी बर्निङ (जलाउने) क्षमता पनि अधिक हुन्छ, जसकारण यसले तौल घटाउन मद्दत गर्छ ।

कलेजोका लागि फाइदा

यसमा प्राकृतिकरुपमै डिटक्सीफाइङ एजेन्ट र एन्टीअक्सिडेन्ट गुण रहेको हुन्छ । यी एन्टीअक्सिडेन्टले लिभरमा हुने खराब चिजबाट बचाउन मद्दत गर्दछ । यसले कलेजो सुन्निनबाट जोगाउँछ ।

फोक्सोका लागि फाइदा

हरियो स्याउको नियमित उपयोगले धुम्रपान गर्नेहरुको हत हटाउन सकिन्छ । यसको जुस पिउनाले मानव स्वास्थ्यलाई अझ फाइदा हुन्छ ।

बुढ्यौली हुनबाट बचाउँछ

हरियो स्याउमा हुने एन्टी अक्सिडेन्ट, भिटामिन ए, भिटामिन सी एवं फिनोल तत्वले समयभन्दा पहिले बुढो हुनबाट बचाउँदछ । शरीरमा हुने फ्री रेडिकल्सले चाउरीपना, डार्क सर्कलहरु निम्त्याउने गर्दछ । यसको उपयोगले शरीरमा फ्री रेडिकल्ससँग लड्ने प्रतिरक्षा विकास हुन्छ र यसबाट हुने प्रभावबाट बचाउने गर्दछ ।

रक्तश्राव नियन्त्रण गर्नः

हरियो स्याउको रसले रगत जम्नलाई मद्दत गर्दछ । यस्तो स्याउहरु नियमित खानाले घाउ छिटो ठिक हुने गर्दछ ।

त्यस्तै महिनावारीको समयमा धेरै रक्तश्राव हुने महिलाले यसको रस पिएमा राहत पाउन सक्छन् । रक्तश्राव नियन्त्रणमा यसले ठूलो भूमिका निमाउँछ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ७ : ५४ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले