बाढीपीडितलाई राहत वितरण « Khabarhub

बाढीपीडितलाई राहत वितरण


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- असोज ४ गते राति म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई बुधबार रु तीन लाखभन्दा बढी नगद र राहत सामग्री वितरण गरिएको छ ।

समाज कल्याण परिषद्, जिल्ला हुलाक कार्यालय, बेनी नगरपालिका–२ का जनप्रतिनिधि र अष्ट्रेलियामा रहेका बगरफाँटवासीले राहत सहयोग गरेका हुन् ।

समाज कल्याण परिषद्को तर्फबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बाढीपीडित पार्वती परियारलाई ६० हजार, अनिता परियारलाई ४० हजार, दिलप्रसाद जुग्जाली र राममाया परियारलाई ३०/३० हजार, रमेश परियार, रेशम परियार, विष्णु परियार र सेते किसानलाई १०/१० हजारका दरले राहत रकम प्रदान गरे ।

त्यसैगरी बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापा, कार्यपालिका सदस्य गौमती नेपाली, डम्मर पोखरेल र चन्द्र कुँवरले आफूले पाएको पारिश्रमिकबाट ५१ हजार बाढीपीडित राहत सहयोग व्यवस्थापन समितिका संयोजक भीमबहादुर रिजाललाई हस्तान्तरण गरे ।

त्यस्तै अष्ट्रेलियामा रहेका बगरफाँटका दीपक कार्कीको नेतृत्वमा सङ्कलन भएको ६१ हजार ८ सय बैंक खातामा जम्मा भएको भौचर पनि स्थानीयवासी पदमपाणि शर्माले समितिका अध्यक्ष रिजाललाई हस्तान्तरण गरे ।

बाढीपीडितको घर पुनःनिर्माणका लागि सञ्चालित अभियानमा हालसम्म दुई लाख ७१ हजार सङ्कलन भएको राहत सहयोग सङ्कलन तथा व्यवस्थापन समितिका सचिव उषा घर्ती घिमिरेले जानकारी दिए । बाढीले क्षति गरेको बुद्ध एकेडेमीको तीव्ररुपमा पुनःनिर्माण कार्य भइरहेको छ ।

सो अवसरमा मन्त्री थापाले बाढीपीडितलाई पुर्नवासको व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिनुका साथै सरकारले पनि सहयोग गर्ने बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १० : ३७ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष