महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी रोशनीको डिभोर्स ! « Khabarhub

महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी रोशनीको डिभोर्स !


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृष्णबहादुर महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी रोशनी शाही र उनका पतिबीच सम्बन्ध विच्छेद हुने भएको छ ।

रोशनीका पति चित्र जंग शाहीले ‘हामीले २८ वर्षसम्म सँगसँगै दिन वितायौं र सयमको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं’ भन्दै डिभोर्स गर्न सहमत भएको बताए ।

नेपाली कागजमा दुवै पक्षले डिभोर्स गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

पत्रमा भनिएको छ– थुप्रै उतार चढावकाबीचमा हाम्रा साथ साथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदारहेछन् । तथापी खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानूनी प्रकृयाको निरन्तरका साथ ।’

पत्रका दुवै जनाले हस्ताक्षर गरेका छन् ।

संसद सचिवालयकी कर्मचारीसमेत रहेकी शाहीले गत आइतवार राति तत्कालिन सभामुख कृष्णबहादुर महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

एक अनलाईनमा भिडियो अन्तर्वार्ता दिँदै उनले आफूमाथि महराले दुर्व्यवहार गरेको दाबी गरेकी थिइन् । कोठामा आएका महराले रक्सी सेवन गरेको र आफूमाथि दुव्यवहार गरेको उनले बताएकी थिइन् ।

त्यसक्रममा महराको चस्मा भाँचिएको र त्यो आफूसँग रहेको भन्दै देखाएकी थिइन् । महरासँगको सम्बादहरुसमेत भिडियोमा देखिएको थियो । तर त्यसको भोलिपल्ट अर्थात मंगलबार उनले आफ्नो बोली फेरेकी थिइन् । यससँगै घटनाले नयाँ मोड लिएको थियो ।

यौन दुर्व्यवहारको आरोप लागेसँगै चर्को आलोचनाको सिकार भएका महराले सभामुखबाट राजीनामा दिए । तर, उनले राजीनामा दिएको दिन साँझ नै उनले महरा आफ्नो कोठामा नआएको र महरा आफ्नो बाबु समान रहेको अर्को एक अनलाईनमा भिडियो अन्तर्वार्ता दिएकी थिइन् ।
आफूले डिप्रेसनको औषधि खाएको र आफूलाईसहित महरालाई पत्रकारले फसाएको उनको आरोप थियो ।

महराले दिएको राजीनामाको सूचना संसद सचिवालयले बुधबार सार्वजनिक गरेको छ ।

यससँगै बुधबार दिउँसो नै शाहीले आफूमाथि कुनै दुर्व्यवहार नभएको र आफूले कडा खालको डिप्रेसनको औषधि खाइरहेको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन् । उनले निवेदन दिएसँगै महरामाथिको छानविन र अनुसन्धान प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ११ : ३२ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा