नेपाली क्रिकेट टोली आज ओमान जाँदै, यस्तो छ खेल तालिका « Khabarhub

नेपाली क्रिकेट टोली आज ओमान जाँदै, यस्तो छ खेल तालिका


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिंगापुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बिहिबार) ओमान जाँदैछ । आगामी शनिबार (अक्टोबर ५–१०) देखि शुरु हुने ५ देश सम्मिलित टि–२० शृङ्खलाका लागि नेपाली टोली आज ओमान जान लागेको हो ।

शृङ्खलामा नेपालसहित आयोजक ओमान, आयरल्यान्ड, हङकङ र नेदरल्याण्ड्स छन् । यो क्रिकेट शृङ्खला नेपालका लागि विषेश रहेको छ ।

युवा खेलाडीको वाहुल्यता रहेको नेपाली टोलीमा कप्तान पारस खड्का र, विनोद भण्डारी बाहेक सबै ४–५ बर्षमा आफुलाई टोलीमा स्थापीत गर्न सफल खेलाडी छन् ।

ओमानमा हुने शृङ्खलामा आईसीसीको विश्व टि–२० वरियताका आधारमा सबैभन्दा बलियो टोली नेपाल रहेको छ ।

नेपाल आईसीसीको टि–२० विश्व वरियतामा १२ औं स्थानमा छ भने आयरल्यान्ड, नेदरल्याण्ड्स, ओमान र हङकङ क्रमश : १५,१६, १८ र १९ औं स्थानमा रहेका छन् ।

ओमान शृङ्खलामा डिआरएस (डिसिजन रिभ्यु सिस्टम) पद्धती रहेको छ । नेपाल पहिलो पटक डिआरएस पद्धती समावेश गरिएको क्रिकेट शृङ्खला खेल्न लागेको हो ।

ओमानमा नेपालले पहिलो आइतबार हङकङसँग खेल्नेछ भने दोस्रो खेल नदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले तेस्रो खेल बुधबार आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

यस्तै, शृङ्खलाको अन्तिम खेल नेपालले बिहीबार ओमानसँग खेल्नेछ । खेल ओमान क्रिकेट टर्फ ग्राउण्डमा हुनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १२ : २० बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली