नेपाली क्रिकेट टोली आज ओमान जाँदै, यस्तो छ खेल तालिका « Khabarhub

नेपाली क्रिकेट टोली आज ओमान जाँदै, यस्तो छ खेल तालिका


१६ आश्विन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिंगापुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बिहिबार) ओमान जाँदैछ । आगामी शनिबार (अक्टोबर ५–१०) देखि शुरु हुने ५ देश सम्मिलित टि–२० शृङ्खलाका लागि नेपाली टोली आज ओमान जान लागेको हो ।

शृङ्खलामा नेपालसहित आयोजक ओमान, आयरल्यान्ड, हङकङ र नेदरल्याण्ड्स छन् । यो क्रिकेट शृङ्खला नेपालका लागि विषेश रहेको छ ।

युवा खेलाडीको वाहुल्यता रहेको नेपाली टोलीमा कप्तान पारस खड्का र, विनोद भण्डारी बाहेक सबै ४–५ बर्षमा आफुलाई टोलीमा स्थापीत गर्न सफल खेलाडी छन् ।

ओमानमा हुने शृङ्खलामा आईसीसीको विश्व टि–२० वरियताका आधारमा सबैभन्दा बलियो टोली नेपाल रहेको छ ।

नेपाल आईसीसीको टि–२० विश्व वरियतामा १२ औं स्थानमा छ भने आयरल्यान्ड, नेदरल्याण्ड्स, ओमान र हङकङ क्रमश : १५,१६, १८ र १९ औं स्थानमा रहेका छन् ।

ओमान शृङ्खलामा डिआरएस (डिसिजन रिभ्यु सिस्टम) पद्धती रहेको छ । नेपाल पहिलो पटक डिआरएस पद्धती समावेश गरिएको क्रिकेट शृङ्खला खेल्न लागेको हो ।

ओमानमा नेपालले पहिलो आइतबार हङकङसँग खेल्नेछ भने दोस्रो खेल नदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले तेस्रो खेल बुधबार आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

यस्तै, शृङ्खलाको अन्तिम खेल नेपालले बिहीबार ओमानसँग खेल्नेछ । खेल ओमान क्रिकेट टर्फ ग्राउण्डमा हुनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहिबार  १२ : २० बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको