उत्तर कोरियाले गर्‍यो समुद्रमुनिबाट क्षेप्यास्त्र परीक्षण « Khabarhub

उत्तर कोरियाले गर्‍यो समुद्रमुनिबाट क्षेप्यास्त्र परीक्षण


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । परमाणुअस्त्र बोक्न सक्ने उक्त क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले यो वर्ष गरेको एघारौँ परीक्षण भएको बीबीसीले जनाएको छ ।

उक्त क्षेप्यास्त्र समुद्रमुनि पनडुब्बीबाट प्रहार गर्न सकिने खालको भएको बीबीसीले जनाएको छ । पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र हुनुको अर्थ उत्तर कोरियासँग आफ्नो सीमाबाहिरबाट पनि क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य हुनु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बुधवार स्थानीय समयानुसार बिहान सात बजे सो परीक्षण गरिएको थियो ।उ त्तर कोरियाली समाचारसंस्था केसीएनएका अनुसार बाह्य आक्रमणको जोखिम कम गर्न बनाइएको पुक्गुक्सङ-३ क्षेप्यास्त्र आकाशतर्फ प्रक्षेपण गरिएको थियो।

दक्षिण कोरियाका अनुसार सो क्षेप्यास्त्र ४५० किलोमिटरको दुरी र ९१० किलोमिटरको उचाइ प्राप्त गरेपछि समुद्रमा खसेको थियो । यसको अर्थ सो क्षेप्यास्त्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र रहेको स्थानभन्दा दुईगुना माथि पुगेको थियो । तर उत्तर कोरियाले यसअघि पनि त्योभन्दा माथि पुग्नेगरी क्षेप्यास्त्र परीक्षण गरिसकेको छ ।

यो परीक्षण उत्तर कोरियाले अमेरिकासँग पुन: परमाणु निरस्त्रीकरणसम्बन्धी वार्ता सुरु गर्ने बताएको केही समयमा गरिएको थियो ।

यसले छिमेकी राष्ट्रहरूलाई कुनै असर नपरेको पनि केसीएनएले बताएको छ । यसअघिका परीक्षणमा जस्तो यस पटक नेता किम जङ-अनको तस्बिर भने सार्वजनिक भएको छैन । यो वर्ष गरिएका अन्य १० वटा परीक्षणमा छोटो दुरीका क्षेप्यास्त्र मात्रै थिए।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  २ : ३३ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता