मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग « Khabarhub

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विपक्षी दल र विभिन्न समूहले प्रदर्शन गर्ने भएपछि भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबार सयौँ प्रहरी परिचालन गरिएको छ ।

प्रदर्शनकारीले प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने गरी मतदाता पञ्जीकरणमा हेरफेर गरिएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन् । निर्वाचन आयोग र सरकारले भने कुनै पनि गलत काम नभएको स्पष्ट पारेका छन् ।

मङ्गलबारको प्रदर्शन विद्यार्थी समूह, विपक्षी दल र भारतको ‘कक्रोच’ युवा आन्दोलनले गत सातादेखि गर्दै आएको लगभग दैनिक विरोध प्रदर्शनकै निरन्तरता हो । संसद् नजिकै रहेको निर्वाचन आयोगको कार्यालयबाहिर सुरक्षाकर्मीले ब्यारिकेड राखेर सुरक्षा व्यवस्था कडा पारेका छन् ।

केही सुरक्षाकर्मी लाठीसहित तैनाथ छन् भने अधिकारीहरूले प्रदर्शन हुने आसपासका क्षेत्रमा यात्रासम्बन्धी सूचना जारी गरी केही सडक बन्द गरेका छन् ।

भारतले गत वर्ष बिहारमा भएको राज्य निर्वाचनअघि मतदाता सूचीको विशेष गहन संशोधन सुरु गरेको थियो । त्यसपछि उक्त अभ्यास अधिकांश राज्य र सङ्घीय प्रशासित क्षेत्रमा विस्तार गरिएको छ ।

आलोचकहरूले संशोधन प्रक्रियामा झन्झटिलो र प्राप्त गर्न कठिन कागजात माग गरिएकाले लाखौँ योग्य मतदाता सूचीबाट हट्न सक्ने जोखिम रहेको बताएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार केही क्षेत्रमा संशोधनपछि मतदाता सूची ३० प्रतिशतसम्म घट्न सक्ने देखिएको छ ।

निर्वाचन आयोगले भने योग्य मतदाताको नाम कायम राख्दै दोहोरो र अयोग्य नाम हटाउने उद्देश्यले सूची संशोधन गरिएको जनाएको छ । विपक्षी दल र अधिकारकर्मीहरूले भने यस प्रक्रियाले वैध मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

निर्वाचन आयोगविरुद्धको अभियानमा ‘कक्रोच’ आन्दोलन पनि सक्रिय छ । अनलाइन अभियानका रूपमा सुरु भएको उक्त समूहले आफूलाई ‘कक्रोच जनता पार्टी’ का रूपमा चिनाउँदै आएको छ । आन्दोलनले आयोजना गरेका अघिल्ला सडक प्रदर्शनपछि जुलाईमा भारतका शिक्षा मन्त्रीले राजीनामा दिएका थिए ।
 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : २५ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब