साग कुस्तीः महिलातर्फ सुदूरपश्चिमको वर्चश्व « Khabarhub

साग कुस्तीः महिलातर्फ सुदूरपश्चिमको वर्चश्व


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– प्रतिभा देखाउने अवसर र वातावरण मिले थोरै समयमा सफलतातिर महिला पनि लम्किन सक्छन् भन्ने उदाहरण सुदूरपश्चिमका चेलीहरु बनेका छन् ।

खेलप्रतिको लगाव र रुचिसँगै कडा परिश्रमकै कारण कञ्चनपुरका महिला कुस्ती खेलाडी मुलुककै अब्बल खेलाडीका रुपमा उदाउँदै आगामी दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा प्रतिनिधित्व गर्दैछन् ।

आगामी मङ्सिरमा नेपालमा हुने १३औँ सागमा कुस्तीतर्फ भीमदत्तनगरका महिला खेलाडीको सम्मानजनक सहभागिता रहेको छ ।

हेटौँडामा भइरहेको बन्दप्रशिक्षणको क्रममा बुधबार गरिएको अन्तिम खेलाडी छनोटमा भीमदत्तनगरका आठ जना महिला खेलाडी छनोट भएको कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले बताए ।

“६ जना महिला खेलाडी सुदूरपश्चिमकै प्रतिनिधित्व गर्दै सागमा छनोटमा परे ।” प्रशिक्षक चन्दले भने,“अन्य दुई जना महिला खेलाडी विभागीय टिमबाट खेल्दैछन ।”

उनले खेलाडीको नियमित प्रशिक्षण र मेहनतको कारण सागसम्म पुग्न सफल भएको भन्दै खुशी व्यक्त गरे। “यो चार/पाँच वर्षको मेहनतको फल हो ।” चन्दले भन्नुभयो,“एउटै जिल्लाबाट सागमा यति ठूलो सङ्ख्यामा सहभागी हुनु उदाहरणीय हो ।”

साग छनोटमा पर्ने महिला खेलाडीमा ५० किलो तौल समूहमा मनिशा सिंह, ५३ मा शिवाङ्गी दुबे, ५५ मा सङ्गीता धामी, ५७ मा अम्बिका भण्डारी, ५९ मा कोमल खत्री र ६५ किलोतौल समूहमा निरा आउजी रहेको प्रशिक्षक चन्दले बताए ।
त्यसैगरी सुदूरपश्चिमकै महिला खेलाडी ६८ किलौतौल समूहकी निर्मला जागरी र ७२ किलो तौल समूहमा छनोट भएकी रेखा रावल नेपाल प्रहरीको विभागीय टिममा छन् ।

“निर्मला र रेखा पनि कञ्चनपुरकै उत्पादन हुन ।” प्रशिक्षक चन्दले भने“नेपाली सेनामा अनुबन्धित यहाँका पुरुष खेलाडी सुरेश चुनारा पनि ६० किलोतौल समूहमा आगामी सागमा भिडन्तको तयारीमा छन् ।”

सागमा महिला र पुरुष गरी दश/दश तौल समूहका खेलाडी प्रतिस्प्रर्धा गर्ने चन्दको भनाइ छ । विगत पाँच महीनादेखि सागको बन्द प्रशिक्षणमा रहेका ४२ जनामध्ये अन्तिम छनोटमा २२ जना खेलाडी छानिएका छन् । “२२ मध्ये २० जना प्रतिस्प्रर्धामा उत्रिन्छन् ।” चन्दले भने,“महिलातर्फ पूरै सुदूरपश्चिमको वर्चश्व छ ।”

सागमा ५३ किलोतौल समूहमा भिडन्तको तयारीमा रहेकी शिवाङ्गी दुबे दुई वर्षअघि मात्रै कुस्ती खेलमा आएकी थिइन् । गत चैतमा भएको आठौं वृहत राष्ट्रिय खेलकूद प्रतियोगितामा कुस्तीमा कान्छी खेलाडी रहेकी उनले आफ्नो तौल समूहमा स्वर्ण जितेपछि शिवाङ्गी चर्चाको पात्र बनेकी थिइन् ।

“हामीलाई भारतका खेलाडी नै आगामी सागमा चुनौतीका रुपमा छन् ।” साग छनोटमा परेकी शिवाङ्गीले भनिन्,“स्वर्ण त भन्दिन्, पदक दिलाउने प्रयत्न गर्दैछु ।”

भारतको गवाहटीमा भएको १२औँ सागमा पहिलो पटक कुस्ती खेल समावेश गरिएको थियो । १२औँ सागमा कञ्चनपुरका लीला सिंह, ईश्वरी थापा र लक्ष्मी खत्री सहभागी थिए ।

“सागका लागि महिलातर्फ अहिले सबै नयाँ अनुहार छनोट भएका छन् ।” प्रशिक्षक चन्दले भनिन्,“खेलाडीले मेहनत हेर्दा फल पाउने आशा गरेका छौं ।”

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ४ : ४५ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ