आन्दोलनमा उत्रिएको आरोपमा हङकङमा दुई नेपाली पक्राउ | Khabarhub Khabarhub

आन्दोलनमा उत्रिएको आरोपमा हङकङमा दुई नेपाली पक्राउ


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङमा सरकार विरोधी आन्दोलनमा उत्रिएको आरोपमा प्रहरीले दुई नेपालीलाई पक्राउ गरेको छ । जेनी राई र रोजमेरी लिम्बूलाई प्रहरीले याउमातेइबाट पक्राउ गरेको हो ।

अध्ययनका लागि हङकङमा रहेका उनीहरुलाई पक्राउपछि हुङहोम र चेङ सा वान प्रहरी स्टेशनमा राखिएको छ । पक्राउ परेका उनीहरुसँग कसैलाई भेट्न नदिइ बाँधेर राखिएको छ। यस विषयमा हङकङस्थित नेपाली महावाणिज्य दूतावासलाई समेत जानकारी दिइएको छैन ।

हङकङका विश्वविद्यालयमा अध्ययनरत अन्य देशहरुका विद्यार्थीहरुलाई पनि प्रदर्शनमा उत्रिएको आशंकाकै भरमा प्रहरीले पक्राउ गर्ने र चरम यातना दिने गरेको छ ।

बेइजिङको आदेशमा तुलनात्मक स्वतन्त्रताको उपयोग गर्दै आइरहेको हङकङमा सरकारी नियन्त्रण बढाउँदै लगिएको छ । पछिल्लो समय चीनको इसारामा प्रदर्शनकारीमाथि अत्याधिक बल प्रयोग गर्ने र पक्राउ परेकामाथि प्रहरीले चरम यातना दिने गरेको छ ।

हङकङमा प्रहरी र प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूबीच पछिल्लो समय हिंसात्मक झडपहरू समेत भएका छन् । प्रजातन्त्रको माग गर्दै प्रदर्शनकारीले झण्डै १८ औं सातासम्म प्रदर्शन चर्काइरहेका छन् ।

केहीदिन अघि विद्यार्थीहरूको नेतृत्वमा अम्ब्रेला मुभमेन्ट भनिने आन्दोलन भएको पाँच वर्ष पुगेको अवसरमा दशौं हजारले सडकमा प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ७ : ०२ बजे

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।