चितवन कारागारका पचास कैदीलाई भीमफेदी सारियो | Khabarhub Khabarhub

चितवन कारागारका पचास कैदीलाई भीमफेदी सारियो


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै कैदी स्थानान्तरण गरिएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कार्यालयमा रहेका विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका ५० जनालाई स्थानान्तरण गरी हेटौँडाको भीमफेदीमा पठाइएको हो ।

कारागार व्यवस्थापन विभागसँगको सहकार्यमा कारागार कार्यालयबाट स्थानान्तरण गरी भीमफेदीमा पठाइएको हो ।

स्थानान्तरण गरिएकामा लागुऔषध मुद्दाका २४, जबरजस्ती करणीका ११, सवारी ज्यान मुद्दाका छ, ज्यान मार्ने उद्योगका दुई, चोरी मुद्दाका तीन, बहुविवाहका एक, हाहतियार मुद्दाका एक, कर्तव्य ज्यान मुद्दाका एक र जीउ मास्ने बेच्ने मुद्दाका एक जना रहेका छन् ।

जिल्लामा औषधि उपचारका लागि पठाइने बिरामी कैदीबन्दी र नवलपुरमा कारागार नहुँदा त्यहाँबाट आएका कैदीबन्दीका कारण दिनहुँ चाप बढ्दै गएको छ ।

हेटौँडामा महिला बन्दीगृह नहुँदा यहाँको कारागारमा महिला कैदी तथा बन्दीहरुको चाप पनि बढ्दै गएको प्रमुख काफ्लेको भनाइ छ ।

दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको भरतपुर कारागारमा स्थानान्तरणपछि ७६२ कैदीबन्दी छन् । तीमध्ये ६८ महिला र ६९१ पुरुष कैदीबन्दी हुन् ।

कारागारमा आमासँगै तीन नाबालक रहेका छन् । कारागार साँघुरो भएपछि स्थानान्तरणका लागि ठाउँ खोजी भइरहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ९ : १६ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र