चितवन कारागारका पचास कैदीलाई भीमफेदी सारियो « Khabarhub

चितवन कारागारका पचास कैदीलाई भीमफेदी सारियो


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै कैदी स्थानान्तरण गरिएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कार्यालयमा रहेका विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका ५० जनालाई स्थानान्तरण गरी हेटौँडाको भीमफेदीमा पठाइएको हो ।

कारागार व्यवस्थापन विभागसँगको सहकार्यमा कारागार कार्यालयबाट स्थानान्तरण गरी भीमफेदीमा पठाइएको हो ।

स्थानान्तरण गरिएकामा लागुऔषध मुद्दाका २४, जबरजस्ती करणीका ११, सवारी ज्यान मुद्दाका छ, ज्यान मार्ने उद्योगका दुई, चोरी मुद्दाका तीन, बहुविवाहका एक, हाहतियार मुद्दाका एक, कर्तव्य ज्यान मुद्दाका एक र जीउ मास्ने बेच्ने मुद्दाका एक जना रहेका छन् ।

जिल्लामा औषधि उपचारका लागि पठाइने बिरामी कैदीबन्दी र नवलपुरमा कारागार नहुँदा त्यहाँबाट आएका कैदीबन्दीका कारण दिनहुँ चाप बढ्दै गएको छ ।

हेटौँडामा महिला बन्दीगृह नहुँदा यहाँको कारागारमा महिला कैदी तथा बन्दीहरुको चाप पनि बढ्दै गएको प्रमुख काफ्लेको भनाइ छ ।

दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको भरतपुर कारागारमा स्थानान्तरणपछि ७६२ कैदीबन्दी छन् । तीमध्ये ६८ महिला र ६९१ पुरुष कैदीबन्दी हुन् ।

कारागारमा आमासँगै तीन नाबालक रहेका छन् । कारागार साँघुरो भएपछि स्थानान्तरणका लागि ठाउँ खोजी भइरहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ९ : १६ बजे

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला