छठ पर्वः उदाउँदो सूर्यको उपासना « Khabarhub

छठ पर्वः उदाउँदो सूर्यको उपासना


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सद्भाव, प्रेम तथा आस्थाको पर्व छठ अन्तर्गत आज व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएसँग समापन हुँदैछ ।

पर्वको चौथो दिन (अन्तिम दिन) आइतबार बिहान उषाकालमा पारन गर्न व्रत लिनेहरू पुनः पोखरी, जलाशय किनारमा पुगी साँझ गरेको क्रम दोहो¥याइ प्रातःकालीन सूर्यलाई अर्घ्य दिई पर्वको समापन गर्छन् ।

हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठपर्वका अवसरमा हिजो राजधानीसहित तराईका सम्पूर्ण जिल्लाको अधिकांश पोखरी, तलाउ, खोला, नदीको पानीमा पसेर व्रतालुहरुले अस्ताउँदो सूर्यको आराधना गरी अर्घ्य दिएका हुन् ।

यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेका छन् । सूर्यलाई जल, दूध, केरा, उखु, नरिवल, अदुवा, ठेकुवा, भुसुवा आदि सामग्रीसहितको प्रसाद (अर्घ्य) चढाइएको हो ।

शनिबार गरेकै विधि आइतबार विहान उदाउँदो सूर्यलाई अर्घ्य दिइ समापन गरिँदैछ । तराईको हिन्दू धर्मावलम्बीहरुबीच अत्यन्त लोकप्रिय रहेको छठपर्वलाई धार्मिक आस्था र सामाजिक सद्भावको प्रतिकको रुपमा लिन थालिएको छ ।

नेपालमा मिथिलाको महान् पर्व छठप्रति नेपालीहरुको दिनप्रतिदिन आर्कषण बढ्दै गइरहेको छ । व्रत कठोर भए पनि आपूmले इच्छाइएको मनोकामना पूरा हुने भएकाले तराईमा मात्र मनाइने छठपर्व अब राजधानीसहित पहाडतिर पनि मनाइने गरिएको छ ।

सद्भाव र प्रेम तथा आस्थाको पर्व छठ कुनै जाति विशेषको नभएकाले यो पर्व मधेश, पहाड, मुस्लिम सबै जाति, वर्ग र समुदायका व्यक्तिले प्रत्यक्ष वा परोक्ष तरिकाले मनाउने गरेको राजविराजकी सुनीता यादवले बताइन् ।

चार दिनसम्म छठपर्वमा शुद्धता र पवित्रतालाई विशेष ध्यानमा राखिन्छ । छठ पर्व गर्दा परिवारको सुख, समृद्धि, सुस्वस्थ्य, सन्तान प्राप्ति, रोगमुक्ति तथा अन्य मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

शिव र शक्तिको संयुक्त पूजा हुने छठपर्वमा सबै मनोकामना पूरा हुने क्षमता भए पनि खासगरी पुत्रलाभ र असाध्य रोगहरुबाट छुटकारा पाउने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ । छठपर्व पौराणिककालदेखि नै चलिआएको धार्मिक परम्परा हो ।

षष्ठी तिथिमा माता दुर्गाले दर्शन दिई मनोकामना पूरा गरेको हुनाले षष्ठी माता भनिएको हो । संस्कृत शब्द ‘षष्ठी’ लाई तराईमा स्थानीय लवजअनुसार छठी, छठ र छैठ भन्ने गरिएको हो । यो पर्वमा ऊर्जाको स्रोत मानिने सूर्यको सन्ध्या र बिहानी रूपको पूजा गरिन्छ ।

अर्धनारिश्वरको रुपमा सूर्य भगवान्लाई शिव र शक्ति दुवैको प्रत्यक्ष उदाहरणको रुपमा लिई छठपर्वमा सूर्य पूजाको शुरुआत भएको धार्मिक परम्परा रहिआएको पण्डित रत्नेश्वर झाले बताए ।

शरद ऋतुको आगमनसँगै शुरु हुने छठपर्वले हाम्रो दैनिक जीवनमा सूर्यको महत्वलाई समेत दर्शाएको छ । सूर्य स्नान र सूर्यको किरणमा छालालगायतका रोग नियन्त्रण तथा निवारण क्षमताजस्ता वैज्ञानिक तथ्यहरुसमेत भेटिएकाले धार्मिक एवं वैज्ञानिक सङ्गमको रुपमा छठपर्वलाई लिइने गरिएको छ ।

यस पर्वमा सूर्यको अर्चना एवं आराधना र पूजाआजा गरिएता पनि यसको लोकप्रियता एवं व्यापकता ‘छठ परमेश्वरी’ वा छठ माताको पूजाको रुपमा प्रचलित रहेको छ । वेदमा उल्लेख भएअनुसार उषालाई छठ परमेश्वरीको साक्षात्रूपमा पूजाआजा गर्ने मान्यता रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ५ : ५३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको