प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक « Khabarhub

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले आइतवार(आज) का लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । शुरुमा विहान ११ बजेका लागि बैठक बोलाइएपनि प्रधानमन्त्री डायलाइसिस गर्न अस्पताल गएपछि बैठक ३ बजेपछि बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो स्वास्थ्यका बारेमा व्रिफिङ गर्ने छन् भने केही महत्वपूर्ण निर्णय पनि हुने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

यसअघि हिजो बसेको नेकपा सचिवालय बैठकमा पनि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था, उपचार बारेमा व्रिफिङ गरेका थिए ।

आजै नेकपाको सचिवाल बैठक पनि बस्ने र उपनिर्वाचनाका लागि उम्मेदवार टुंगो लगाउने तय भएको थियो ।

शनिवार बसेको बैठकले उम्मेदवारको टुंगो नलगाएका कारण आज बस्ने बैठकले यसबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए । तर सचिबालय बैठकको समय भने तय भइसकेको छैन ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ५३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस