१६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ « Khabarhub

१६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट बंगलादेश हुँदै नेपाल आएका दुई भारतीय नागरिकलाई १६ किलो गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित मुम्बईका ५३ वर्षीय सायीद अहमद साबिर अहमद र २६ वर्षीय मोहम्मद कादिर मोहम्मद हनिफ शेख रहेका छन् ।

ब्युरोका अनुसार उनीहरू मंसिर ११ गते थाइल्यान्डबाट बंगलादेश हुँदै बीजी–३७१ नम्बरको उडानमार्फत नेपाल आएका थिए । विमानस्थलमा गरिएको जाँचका क्रममा उनीहरूको साथबाट १६ किलो थाई गाँजा बरामद भएको थियो ।

उक्त गाँजा भारततर्फ लैजान सहयोग गर्ने उद्देश्यले दिल्लीबाट एयर इन्डियाको एआई–२१७ नम्बरको उडानमार्फत नेपाल आएका मुम्बईकै ४८ वर्षीय राहत फारुक शेखलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार क्रिसमसको समयमा भारतीय बजारमा थाई गाँजाको माग बढी हुने गरेको छ । नेपाल हुँदै भारत पुर्‍याउँदा ठूलो आर्थिक लाभ हुने भएकाले उनीहरू तस्करीमा संलग्न भएको आशंका गरिएको छ ।

ब्युरोका अनुसार भारतमा थाई गाँजाको मूल्य प्रतिकिलोग्राम ४५ देखि ५० लाख भारतीय रुपैयाँसम्म पर्ने गरेको छ । थाइल्यान्डमा भने यसको मूल्य प्रतिकिलोग्राम करिब तीन लाख भारतीय रुपैयाँ पर्ने र भारत पुर्‍याउँदा प्रतिकिलोग्राम थप ६ देखि ७ लाख रुपैयाँ खर्च हुने गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट १६ किलो गाँजा, दुई थान पासपोर्ट, एक थान आधार कार्ड र चार थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ९ : १८ बजे

१६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन

रास्वपाको क्यान्डिडेट क्लब समितिमा ६ सदस्य मनोनीत

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्यान्डिडेट क्लब समितिमा ६

दसौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मी क्लब विजयी

कर्णाली – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

जनकपुर – धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक