यसरी विषादीमुक्त बनाउनुस् फलफूल तथा तरकारी | Khabarhub Khabarhub

यसरी विषादीमुक्त बनाउनुस् फलफूल तथा तरकारी


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीले खाने फलफूत तथा तरकारी विषरहित छैनन् । अर्गानिक तरकारी पाउन मुस्किल छ । बजारबाट खरिद गर्ने हरेक किसिमका तरकारी तथा फलफूलमा जानाजान विषादीको प्रयोग गरिएको हुन्छ ।

विषादीको प्रयोग गरिएको तरकारीको विषको मात्रा हेरर थाहा हुँदैन । यस्ता तरकारी तथा फलफूलको सेवनले स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको हुन्छ । विषादियुक्त तरकारी तथा फलफूल खाँदा तत्काल असर नदेखिए पनि कालान्तरमा यसको असर पक्कै देखा पर्ने चिकित्सकहरु बताउँछन् ।

यस्ता विषादीयुक्त तरकारी तथा फलफूललाई विषादीरहित बनाएर खान चिकित्सकहरु सुझाउँछन् । फलफूल तथा तरकारीमा प्रयोग गरिने विषादी अहिले देशैभर चर्चा छ । यस्ता विषादीले शरीरमा नकारात्मक असर पार्ने हुँदा जनमानसमा त्रास दिनानुदिन बढ्दै गएको छ।

फलफूल, तरकारी तथा अन्य बालीलाई किरा लाग्न तथा जिवाणुबाट बचाउन विषादी प्रयोग गरिन्छ । बजारमा पाइने विभिन्न विषादीमध्ये ‘अर्गानो फोस्फोरस’ अहिले अत्याधिक मात्रामा प्रयोग भईरहेको पाइन्छ।

यस्ता विषादी शरीरमा प्रवेश गरेमा स्वास्थ्यमा विभिन्न असर पर्छ। सामान्यतयाः यस्ता विषादी मुख, छाला, श्वासप्रश्वास तथा आँखाको माध्यमबाट शरीरमा प्रवेश गर्छन्।

यस्ता विषादीकै कारण मस्तिष्कमा अझै धेरै असर पुगी अल्जाइमर (सम्झन सक्ने क्षमतामा कमी), पार्किन्सन्स  (हात गोडा काम्ने रोग) जस्ता रोग लाग्नसक्छ । विभिन्न प्रकारका क्यान्सर, सुत्केरी महिलामा गर्भ खेर जाने समस्या, छालाका बिभिन्न रोग लाग्न सक्छ। गर्भवती महिलाको हकमा गर्भस्थ बच्चा र बालबालिकालाई धेरै असर पुर्‍याउनसक्छ ।

दीर्घकालीन प्रभावबाट बच्न विषादीयुक्त तरकारी तथा फलफूललाई पकाउनु वा खानुअघि राम्ररी धुनु, पखाल्नुपर्छ। फलफूल तथा तरकारीलाई विषादीमुक्त बनाउने केही उपाय यस्ता छन्–

– सफा पानीमा तरकारी र फलफूललाई दुई–तीनपटक हात अथवा ब्रसले मिचीमिची धुने।
– नुन पानीले धोएमा तरकारी र फलफूलमा रहेको विषादी अझ कम भएर जान्छ।
– पानीको ठूलो कचौरामा एक चौथाई कागतीको रस अथवा भेनेगर मिसाएर तरकारी र फलफूललाई आधा घन्टा भिजाएर राख्ने र पानीले धोएर पकाएमा बिषादीको असर धेरै हदसम्म गर्न सकिन्छ।
– बोक्रा फाल्न मिल्ने तरकारी, फलफूललाई बोक्रा फाल्दा यसमा रहेको फाइबरको मात्रा त अवश्य कम हुन्छ । यद्यपि, यसमा रहेको बिषादीलाई कम गर्न सकिन्छ।
– साबुन पानीले कहिल्यै पनि फलफूल तथा तरकारी धुनु हुँदैन।
यस्ता विधि अपनाएर तरकारी तथा फलफूलमा रहेको विषादीको मात्रालाई धेरै हदसम्म कम गर्न सकिन्छ । तर, शतप्रतिशत हटाउन चाहिँ सकिदैन । यसका लागि जैविक (अर्गानिक) फलफूल तथा तरकारीको प्रयोग गर्नुपर्छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ११ : ०३ बजे

‘सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ’

काठमाडौं–  बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त खानेपानीका

इरानी तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानको तेल साइटहरुमा

बागमतीका मुख्यमन्त्री र मन्त्रीले बाढी प्रभावितलाई १५ दिनको तलब दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासहित मन्त्रीहरूले बाढी प्रभावितलाई १५

भारतको मेघालयमा बाढीपहिरो, दश जनाको मृत्यु

नयाँ दिल्ली– भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी

भक्तपुर – नेपाल पत्रकार महासङ्घका प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय