हर्कलाई धक्का : कोशीका थेगिम र लावतीसहितका पहिचानवादी नेता कुलमानको पार्टीतिर « Khabarhub

हर्कलाई धक्का : कोशीका थेगिम र लावतीसहितका पहिचानवादी नेता कुलमानको पार्टीतिर


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोल्न लागेको उज्यालो नेपाल पार्टीमा कोशी प्रदेशका पहिचानवादी पक्षदरहरू समायोजन हुने भएका छन् ।

पहिचानवादी अभियन्ता तथा इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवार डकेन्द्र थेगिमका अनुसार कुलमानको पार्टीमा ताप्लेजुङबाट सरस्वती लिम्बू सरु नयाँ दलको केन्द्रीय सदस्य हुने भएकी छन्।

पाँचथरबाट डाक्टर महेन्द्र लावती र इलामबाट थेगिम पनि कुलमानको पार्टीमा केन्द्रीय सदस्य हुन लागेका छन्। थेगिमले इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा धरानका मेयर हर्क साम्पाङको तर्फबाट मुडा चुनाव चिह्न लिएर लडेका थिए ।

यससँगै पूर्वमा हर्कको श्रम संस्कृति पार्टीलाई धक्का लाग्ने देखिएको छ । थेगिमले उपनिर्वाचन लड्दा हर्क आफैं इलाम पुगेर खटिएका थिए ।

अहिले हर्क पनि श्रम संस्कृति पार्टीको अभियान लिएर जिल्ला जिल्ला पुगेका छन् । उनले पाँचथरमा हजारौँको सहभागितमा ठूलो कार्यक्रम गरेका थिए । तर उनलाई इलाम र पाँचथरकै नेताहरूले साथ नदिने भएका छन् ।

डाक्टर लावती स्वर्गीय पद्मसुन्दर लावतीका जेठा छोरा हुन्। उनका भाइ सगुनसुन्दर लावती अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा

लिम्बु, थेगिम र लावती कोशी प्रदेशको नामाकरणविरुद्ध विभिन्न आन्दोलनमा सहभागी नेताहरू हुन्। उनीहरू पाथीभरामा केवलकार बनाउन नहुने पक्षमा उभिएका नेता पनि हुन् ।

थेगिमले खबरहबलाई बताएअनुसार पूर्वबाट पहिचानवादी पक्षधरका अन्य नेताहरू कुलमानको पार्टीमा समायोजन हुने छलफल चलिरहेको छ ।

‘थुप्रै साथीहरू पार्टीमा समायोजन हुनु हुनेछ। यस पार्टीले हाम्रा माग र मुद्दा सम्बोधन गर्ने अवस्था छ’, थेगिमले खबरहबलाई भने, ‘हामी पहिलेबाटै संवादमा थियौँ। अहिले कुलमानजी मन्त्री भए पनि भविष्यमा उहाँले नै पार्टी सम्हाल्नुहुन्छ ।’

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ४ : ०१ बजे

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच