अमेरिकी राजदूत कोषद्वारा कृष्ण मन्दिर संरक्षणका लागि १ लाख ५० हजार अमेरिकी डलर सहयोग « Khabarhub

अमेरिकी राजदूत कोषद्वारा कृष्ण मन्दिर संरक्षणका लागि १ लाख ५० हजार अमेरिकी डलर सहयोग


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटनको कृष्ण मन्दिरको सांस्कृतिक संरक्षण गर्न अमेरिकी राजदूत कोषले सहयोग गरेको छ ।

२०७२ साल वैशाख १२ को भूकम्मपका कारण गम्भीर रूपमा क्षतिग्रस्त भएको पाटनस्थित अष्‍टकोणीय कृष्ण मन्दिरको संरक्षणका राजदूत कोषमार्फत अमेरिकी राजदूतावासले १ लाख ५० हजार अमेरिकी डलर सहयोग गरेको हो ।

काठमाडौँ उपत्यका संरक्षण कोषलाई एक लाख ५० हजार अमेरिकी डलर सहयोगको औपचारिक शुरुवात गर्न पाउँदा गौरवान्वित भएको अमेरिकी दूतावासले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

शुक्रवार पाटनमा आयोजित एक समारोहकाबीच नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरी, अन्तर्राष्‍ट्रिय धार्मिक स्वतन्त्रताका लागि राजदूत स्याम ब्राउनब्याक, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले पुनर्स्थापना र संरक्षण कार्य सुरुवात गरेको राजदूतावासले जनाएको छ ।

सामाजिक सञ्जालमा जारी गरेको एक भिडियोमा राजदूत बेरीले सम्पदा संरक्षण एकदमै महत्वपूर्ण रहेको बताएका छन् ।
‘सम्पदा संरक्षण एकदमै महत्वपूर्ण छ’ राजदूतले भने,‘नेपाली जनाताको लागि आफ्नो इतिहास र संस्कृती कति प्यारो छ भन्ने आफूले राम्रोसँग बुझेको छु ।’

विगत दुई दशकमा दूतावासले २४ वटा सम्पदाको पुनर्निमाण र संरक्षका लागि साढे तीस लाख अमेरिकी डलर सहयोग गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ११ : २४ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित