ऋचाले गर्दैछिन् बिहे? ब्याचलर पार्टीमा रमाए केकी र प्रियंका | Khabarhub Khabarhub

ऋचाले गर्दैछिन् बिहे? ब्याचलर पार्टीमा रमाए केकी र प्रियंका


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा निर्मात्री ऋचा शर्माले आउँदो मंसिरमा बिहे गर्ने भएकी छिन् । हालै उनले आफ्ना साथीहरुलाई पोखरामा ब्याचलर पार्टी दिएकी छिन् । ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी फेसन डिजाइनर सिवांगी प्रधान लगायत उपस्थित थिए ।

उनी केही समययता दिपेक्ष्य राणाको प्रेममा छिन् । लामो समयदेखि यी दुईले बिहे गर्ने चर्चा पनि थियो । ऋचाले आउँदो मंसिरमा बिहे गर्ने चर्चा गतवर्षदेखि नै चल्दै आएको थियो ।

दिपेक्ष्य राणा राजधानीको लबिम मलका म्यानेजर पनि हुन् । यी दुईको बिहेको चर्चा चले पनि सार्वजनिक रुपमा भने ऋचा र दिपेक्ष्य कुनै पनि कार्यक्रममा देखिएका छैनन् ।

ऋचाले पछिल्लो समय चलचित्र फिल्म निर्माणमा सक्रिय थिइन् । यस्तै उनले निर्माण गरेको चलचित्र ‘आधा लभ’ पनि व्यावसायिक रुपमा असफल भएको थियो ।

ऋचालाई राम्रो अभिनय गर्ने नायिकाका रुपमा पनि लिइन्छ । सामाजिक विषय र महिला हिंसाका विरुद्धमा पनि उनी खरो रुपमा उत्रिने गर्छिन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १२ : ५१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’