समृद्ध नेपालतर्फ पाँच पाइला | Khabarhub Khabarhub

समृद्ध नेपालतर्फ पाँच पाइला



सरकारले अब कसैलाई भ्रष्टाचार गर्नै दिंदैन
दुई तिहाईको यस्तो बलियो सरकार छ,
भएजत्ति भ्रष्टाचार त अब उ आफै गर्न सक्षम छ
भ्रष्टाचार त अब अरुले गर्नै पर्दैन !!

सरकारले अब सबै सिण्डिकेट खारेज गर्छ
सिन्डिकेट जन्माउने सबै दलहरु सत्तामा पुगिसकेपछि
सरकार नै दलहरुको सिन्डिकेटले चलाउने भइसकेपछि
अरुथरिको सिन्डिकेट किन आवश्यक पर्छ ?

देश त अब आर्थिक समृद्धितर्फ लम्किसकेको छ
समृद्धिको लक्ष्य पचास प्रतिसत हासिल भइसकेको  छ
नेता र जनता गरी दुई थरी मानिस छन् देशमा
नेता जति सम्मृद्ध भै सके अब जनता मात्रै त बाँकी छ

पुरै बैज्ञानिक ढंगले देश चलाउँदै छ सरकार
त्यसैले त दिनहुँ अनुसन्धानमा करोडौ‌ खर्च गरेको गर्यै छ
अरुका अनुसन्धानले नयाँ ग्रह या सिद्धान्त पत्ता लगाउँथे
सरकारको अनुसन्धानले अपराधि बेपत्ता पारेको पार्यै छ ।

दुई तिहाई को सरकार यस्तो द्रुत गतिमा अगाडि बढ्दै छ
तस्करी, अपहरण, हत्या आदि त पछाडि पर्दै छ
पैदल हिडेर देश अगाडि बढ्न  सक्दै सक्दैन नि
त्यसैले त भारतको पानि जहाज र चीनको रेल खोज्दै छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  १२ : ३८ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना