समृद्ध नेपालतर्फ पाँच पाइला « Khabarhub

समृद्ध नेपालतर्फ पाँच पाइला



सरकारले अब कसैलाई भ्रष्टाचार गर्नै दिंदैन
दुई तिहाईको यस्तो बलियो सरकार छ,
भएजत्ति भ्रष्टाचार त अब उ आफै गर्न सक्षम छ
भ्रष्टाचार त अब अरुले गर्नै पर्दैन !!

सरकारले अब सबै सिण्डिकेट खारेज गर्छ
सिन्डिकेट जन्माउने सबै दलहरु सत्तामा पुगिसकेपछि
सरकार नै दलहरुको सिन्डिकेटले चलाउने भइसकेपछि
अरुथरिको सिन्डिकेट किन आवश्यक पर्छ ?

देश त अब आर्थिक समृद्धितर्फ लम्किसकेको छ
समृद्धिको लक्ष्य पचास प्रतिसत हासिल भइसकेको  छ
नेता र जनता गरी दुई थरी मानिस छन् देशमा
नेता जति सम्मृद्ध भै सके अब जनता मात्रै त बाँकी छ

पुरै बैज्ञानिक ढंगले देश चलाउँदै छ सरकार
त्यसैले त दिनहुँ अनुसन्धानमा करोडौ‌ खर्च गरेको गर्यै छ
अरुका अनुसन्धानले नयाँ ग्रह या सिद्धान्त पत्ता लगाउँथे
सरकारको अनुसन्धानले अपराधि बेपत्ता पारेको पार्यै छ ।

दुई तिहाई को सरकार यस्तो द्रुत गतिमा अगाडि बढ्दै छ
तस्करी, अपहरण, हत्या आदि त पछाडि पर्दै छ
पैदल हिडेर देश अगाडि बढ्न  सक्दै सक्दैन नि
त्यसैले त भारतको पानि जहाज र चीनको रेल खोज्दै छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  १२ : ३८ बजे

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको