मेडिकल काउन्सिलको अध्यक्षमा डाक्टर भगवान कोइराला नियुक्त « Khabarhub

मेडिकल काउन्सिलको अध्यक्षमा डाक्टर भगवान कोइराला नियुक्त


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले डाक्टर कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले बतायो ।

मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिश गरेको थियो ।

आइतबार बसेको मन्त्रिपरिषदले गरेका अन्य निर्णयहरु भने सार्वजनिक गरिएको छैन । सरकारले साप्ताहिक रुपमा हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै आएको छ ।

यसैबीच, स्वास्थ्य समस्यासँग जुधिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबारको बैठकमा पूरा समय बसेका छन् । करिब डेढ घण्टासम्म बसेको बैठकको पूराअवधि बैठकमा बसेको एक मन्त्रीले बताए ।

मन्त्रिपरिषद बैठक बस्नु अघि प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर फोक्सोको एक्सरे गरेका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  २ : ०२ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल