प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक « Khabarhub

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका छन् । बिहान मात्रै बसेको मन्त्रिपरिषदको बैठक बेलुकी पाँच बजेको लागि पुनः दोस्रो पटक बोलाइएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बेलुकी बस्ने बैठक पनि बिहानकै निरन्तरता जस्तो भएको जानकारी दिए । ‘भोलि बोलाउने कि भन्ने थियो फेरि आजैँ साँझका लागि डाकिएको छ’ उनले भने ।

बेलुकी बैठक बस्ने भनेर खबर आएको बताइए पनि एजेन्डाबारे भने नखुलाइएको खबरहबलाई एक मन्त्रीले बताए ।

बिहान बसेको मन्त्रिपरिषद बैठकले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

मिर्गौलामा समस्या आएपछि अस्वस्थ रहेका प्रधानमन्त्री ओलीले आज मात्रै त्रिवि शिक्षण अस्पताल पुगेर फोक्सोको एक्सरे गरेका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : ०७ बजे

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृत विहिन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा

प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख र उपसभामुख चयन गर्ने तयारी

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत