प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक « Khabarhub

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका छन् । बिहान मात्रै बसेको मन्त्रिपरिषदको बैठक बेलुकी पाँच बजेको लागि पुनः दोस्रो पटक बोलाइएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बेलुकी बस्ने बैठक पनि बिहानकै निरन्तरता जस्तो भएको जानकारी दिए । ‘भोलि बोलाउने कि भन्ने थियो फेरि आजैँ साँझका लागि डाकिएको छ’ उनले भने ।

बेलुकी बैठक बस्ने भनेर खबर आएको बताइए पनि एजेन्डाबारे भने नखुलाइएको खबरहबलाई एक मन्त्रीले बताए ।

बिहान बसेको मन्त्रिपरिषद बैठकले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

मिर्गौलामा समस्या आएपछि अस्वस्थ रहेका प्रधानमन्त्री ओलीले आज मात्रै त्रिवि शिक्षण अस्पताल पुगेर फोक्सोको एक्सरे गरेका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : ०७ बजे

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज– चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड ९ब्लक० मा

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रित हुनुपर्छ : अग्नि सापकोटा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले विगतका

रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन

बुटवल- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ

नयाँ उपकरण राखेर गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं- गोरखकाली रबर उद्योग पुन: सञ्चालन सुझाव कार्यदलले १० महिना