पूर्वसभामुख महरामाथिको बहस लम्बियो, आज पनि हिरासतमै रहने « Khabarhub

पूर्वसभामुख महरामाथिको बहस लम्बियो, आज पनि हिरासतमै रहने


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महारामाथिको थुनछेक बहस लम्बिएपछि आज पनि उनी हिरासतमै रहने भएका छन् ।

जबरजस्ती करणी उद्योग सम्बन्धि मुद्दामा महरामाथिको थुनछेक बहस आइतबार (आज) बाट सुरु भएको हो ।

आइतबार बहस नसकिएपछि महराको मुद्दालाई हेर्दाहेदैमा राखिएको छ । बाँकी बहस सोमबार (भोलि) पनि जारी रहने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

पूर्वसभामुख महाराको पक्षबाट आइतबार दुई जना वकिल लवप्रसाद मैनाली र भोजराज आचार्यले मात्र बहस गर्न भ्याएका छन् ।

त्यसअघि सरकारी वकिलको कार्यालयकोतर्फबाट सिर्जना ढकाल, उमाकान्त पौडेल, चन्द्रकान्त खनाललगायतले बहस गरेका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : ३४ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली