‘न त म यहाँ नम्बर वान कलाकार बन्न नै आएको हुँ’ « Khabarhub

‘न त म यहाँ नम्बर वान कलाकार बन्न नै आएको हुँ’


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निश्चल बस्नेतलाई निर्देशकका रुपमा भन्दा कलाकारका रुपमा दर्शकले बढी चिन्न थालेका छन् । संयोग कस्तो छ भने, उनले अभिनय गरेका प्रायः फिल्म व्यावसायिक रुपमा सफल छन् । चलचित्र ‘लूट’ बाट निर्देशनमा होमिएका निश्चल पछिल्लो समय भने निर्देशनमा देखिएका छैनन् । यसलाई कतिले निश्चल निर्देशकबाट कलाकारमा ‘यु टर्न’ भएको बताउँछन् ।

तर, निश्चल भने आफू ‘यु टर्न’ नभएको दाबी गर्छन् । ‘यु टर्न भएँ भन्नलाई त मैले निर्देशन छोड्नुपर्‍यो, मैले निर्देशन छोडेको होइन, कम फिल्म निर्देशन गर्ने भनेको हुँ,’ निश्चल दाबी गर्छन् ।

फिल्म मेकिङदेखि कलाकारितामा सक्रिय निश्चलले केही गीतमा समेत स्वर दिएका छन् । केही आइटम गीतमा नृत्य पनि गरेका छन् । सबै विधामा हात हाले पनि उनको परिचय निर्देशककै छ अहिलेसम्म । कतिले उनलाई अहिलेसम्म पनि ‘लूट’ कै ब्याज खाइरहेको आरोप लगाउँछन् ।

निश्चल भन्छन्, ‘म यहाँ स्थापित हुन आएको पनि होइन, अरु थुप्रै चिज मैले गरिरहेको छु, मलाई कलाकारका रुपमा मात्र पनि स्थापित हुनु पनि छैन ।’

तस्वीर– गणेश बस्याल ।

उनी आफू नम्बर वान निर्देशक या कलाकार बन्ने आफ्नो कुनै इच्छा नभएको बताउँछन् । ‘थुप्रै चिजले गर्दा मलाई अलिअलि चिनाइरहेको छ, म यसैमा खुशी छु,’ निश्चल भन्छन् ।

फिल्ममा तपाईंले धेरै पारिश्रमिकको माग गर्नुहुन्छ रे भन्ने पत्रकारको प्रश्नमा निश्चल भन्छन्, ‘मैले त्यहीअनुसार काम गरेको हुन्छु, कसैलाई मैले धेरै मागेँ भन्ने लाग्छ भने पनि उहाँहरुले अस्वीकार गर्न सक्नुहुन्छ, यसमा मलाई कुनै चित्त दुखाइ छैन ।’

उनी आफूले कुनै फिल्ममा पैसाकै लागि अभिनय नगर्ने र सकभर राम्रो र कम फिल्म दिने बताउँछन् । भन्छन्, ‘मलाई धेरै फिल्म खेल्नु नै छैन ।’

पत्रकारले कहिलेकाहीँ निर्देशन गर्न डराउनुभएको हो भनेर सोध्ने गरेको बताउँदै उनी भन्छन्, ‘बरु मलाई किन निर्देशन गर्नुहुन्न भन्दा पनि कहिले निर्देशन गर्नुहुन्छ भनेर सोध्नुस् ।’

आगामी फिल्म आफूले निर्देशन गरे त्यो फिल्म बन्दै आएका फिल्मभन्दा फरक हुनुपर्ने मान्यता राख्छन् । आफूले अभिनय स्किृप्ट र निर्देशन गर्ने फिल्मको स्किृप्ट पूरै फरक हुनुपर्ने उनको धारणा छ ।

यसअघि पनि अन्तर्वार्ताका क्रममा निश्चलले आफूलाई धेरै स्किृप्ट आउने र जस्तो पायो त्यस्तै फिल्म बनाउने हो भने ६/६ महिनामै फिल्म बनाउन सक्ने दाबी गरेका थिए ।

निश्चल र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘घामड शेरे’ यही कार्तिक २२ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचारलाई सहयोग पुगोस् भनेर निश्चल पनि यतिबेला मिडियलालाई समय दिइरहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ६ : २७ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको