नेकपाले छान्यो उपनिर्वाचनका उम्मेदवार, कास्की–२ मा विद्या भट्टराई « Khabarhub

नेकपाले छान्यो उपनिर्वाचनका उम्मेदवार, कास्की–२ मा विद्या भट्टराई


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारहरुको टुंगो लगाएको छ ।

आइतबार साँझ बसेको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको हो ।

आगामी उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर–२ (प्रतिनिधिसभा)मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख)मा विमला वली र भक्तपुर क्षेत्रनम्बर १ को (क)मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रदेशसभा सदस्यका लागि ३ वटा ठाउँमा निर्वाचन हुने भए पनि नेकपाले बाग्लुङ क्षेत्रनम्बर २ को (ख)मा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

यस्तै, धरान उपमहानगरपालिकाको प्रमुख (मेयर)का लागि प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुनेछ ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने अन्तिम म्याद २१ कात्तिक बिहान १० बजेदेखि दिउँसो १ बजेलाई तोकेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै