उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन निर्देशन « Khabarhub

उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन निर्देशन


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचन (प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तह) का सन्दर्भमा आइतबार आयोगमा सम्पन्न उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो निर्देशन दिएका हुन् । उनले भने, “उप निर्वाचनमा राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा संलग्न हुने सबै तहका जनशक्तिलाई सुरक्षाको प्रत्याभूति हुनुपर्छ ।”

बैठकमा निर्वाचन आयुक्त एवं उच्चस्तरीय सुरक्षा समितिका संयोजक ईश्वरीप्रसाद पौड्यालले उपनिर्वाचनमा सुरक्षा निकायबीच समन्वय कायम गरी सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आयोगका सहसचिवको नेतृत्वमा संयुक्त

निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिने जानकारी दिँदै केन्द्रमा चारवटै सुरक्षा निकायका प्रतिनिधि रहने जानकारी दिए । उनले एकीकृत सुरक्षा योजना पनि कार्यान्वयन हुने बताए ।

बैठकमा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले समग्र सुरक्षा योजना प्रस्तुत गरेको आयोगद्वारा आइतबारै जारी विज्ञप्तिमा जनाइएको छ । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीले आ–आफ्ना निकायबाट तयार गरिएका उपनिर्वाचन सुरक्षा योजनासमेत पेश गरेका थिए ।

बैठकमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, रक्षा सचिव रेश्मीराज पाण्डे, आयोगका सचिव देवकुमारी गुरागाईं, नेपाली सेनाका रथी गौरब तण्डुल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ९ : ४५ बजे

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण