कास्की-२ मा नेकपाबाट विद्या भट्टराई उम्मेदवार « Khabarhub

कास्की-२ मा नेकपाबाट विद्या भट्टराई उम्मेदवार


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवारमा विद्या भट्टराईको नाम टुंगो लगाएको छ ।

आइतबार बसेको नेकपा सचिवालय बैठकले विद्या भट्टराईको नाम टु‌ंगो लगाएकाे हो ।

नेकपा गण्डकी प्रदेशले स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको थियो।

प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम पठाएको थियो । सचिवालय बैठकले विद्याकै नाममा सहमति जुटाएको हो।

जिल्ला कमिटी कास्कीले कात्तिक ८ गते विद्या भट्टराईको नाम सिफारिस गरेको थियो । तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि कास्की नेकपाले भट्टराईको नाम सिफारिस गरेको थियो ।

तर, नेकपा गण्डकी प्रदेशले भने उम्मेदवारका लागि तीन जनाको नाम केन्द्रमा पठाएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : २० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब