प्रदेश प्रमुख बर्खास्त प्रकरणमा कांग्रेस नेता कसले के भने ? « Khabarhub

प्रदेश प्रमुख बर्खास्त प्रकरणमा कांग्रेस नेता कसले के भने ?


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा सरकारले प्रदेश प्रमुखलाई हटाएर संघीयतालाई असफल बनाउने खेलमा लागेको आरोप लगाएको छ ।

सातवटै प्रदेशका प्रदेश प्रमुखलाई सरकारले हटाएसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकाले प्रदेश प्रमुख हटाएर सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् ।

उनले सामाजि सञ्जालमा लेखेका छन्– ‘प्रदेश प्रमुख जस्तो गरिमामय पदलाई मनपरि ढंगले हटाउनु भनेको सरकार एकलौटी गरेर सर्वसत्तावाद तर्फ जाने कोशिस हो ।’

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ‘नीति जरुरी उकाले चढ्न मति धकेल्दै ओरालो’ लेख्दै सरकारले प्रदेश प्रमुख हटाएको निर्णय गरेको प्रति व्यंग्य गरेका छन् । उनले सरकारका चार गतल निर्णय भएको भन्दै ट्वीटरमा लेखेका छन्-

यसैगरी कांग्रेस नेता तथा केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारले प्रदेश प्रमुख हटाउन पाउने संवैधानिक अधिकार भएपनि आचारसंहिताको उल्लंघन गर्दै प्रदेश प्रमुखलाई हटाएर स्वेच्छाचारी चरित्र प्रदर्शन गरेको जनाएका छन् ।

उनले भनेका छन्– ‘सरकारको यो निर्णयले ‘चेक एण्ड ब्यालेन्स’को सिद्धान्तलाई समेत कुल्चने प्रयास गरेको छ। राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा राख्दै सरकार अधिनायकवादतर्फ अगाडि बढिरहेको छ।’

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता रामशरण महतले प्रदेश प्रमुखलाई हटाएको विषयलाई लिएर दलगत राजनीतिकरण चर्किएको जनाएका छन् । उनले ट्वीटरमा लेखेका छन्-

कार्तिक ८ गते देखि नै आचारसंहिता लागू

निर्वाचन आयोगका अनुसार आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि गत कार्तिक ८ गते शुक्रबारबाट आचारसंहिता लागू भइसकेको छ।

देशका ३७ जिल्लामा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि हुने उपनिर्वाचनका लागि आचारसंहिता लागू भएको हो । आयोगका अनुसार आचारसंहिता उपनिर्वाचन हुने निर्वाचन क्षेत्र वा स्थानीय तहमा लागू हुनेछ । तर, जिम्मेवार पदमा रहेकाहरुकाे हकमा देशभर नै कुनै दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ ।

आचारसंहिता के छ ?

आयोगका अनुसार निर्वाचन आचारसंहिता लागू भएदेखि निर्वाचन सम्पन्न नभएसम्म ‘नयाँ कार्यक्रम गर्न नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि, पुरस्कार दिने, सरुवा, बढुवा वा काजमा पठाउने, विदेश भ्रमणमा जान नहुने र निर्वाचनसम्बन्धी जिम्मेवारी दिन नहुने’ र ‘तटस्थ र निष्पक्ष रहनु पर्ने’ उल्लेख छ ।

राजनीतिक दलको हकमा ‘निर्वाचनको अन्तिम परिणाम नआएसम्म सामान्य र विषयगत आचारणहरू लागु गरिएको छ ।

उम्मेदवारहरूको हकमा निर्वाचन मनोनयनपत्र दर्ता भएको मितिदेखि चुनावको अन्तिम परिणाम नआएसम्म ‘जुलुस, आमसभा, ‍र्‍याली, बैठक, भेला गर्दा पालना गर्नु पर्ने आचरण र सवारीसाधन प्रयोग तथा प्रचारप्रसार गर्दा पालना गर्नु पर्ने आचरणहरू लागु गरिएको छ।

आयोगका अनुसार दल तथा उम्मेदवारहरूले मोटर तथा मोटरसाइकल र्‍याली गर्न पाउने छैनन । निर्वाचन पर्यवेक्षक तथा सञ्चारमाध्यमले समेत आचारसंहिता पालना गर्नु पर्नेछ। उनीहरूले कसैको पक्षमा प्रचारप्रसार गर्न नपाउने उल्लेख छ । आचारसंहिता उल्लङ्घन भए उजुरी गर्न सकिने आयोगले जनाएकाे छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ९ : ५७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको