किन गरिएन प्रदेश प्रमुख नियुक्ति ? « Khabarhub

किन गरिएन प्रदेश प्रमुख नियुक्ति ?


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सातै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त भएपछि रिक्त प्रदेश प्रमुख पदमा सिफारिस गर्ने तयारी गरिरहेको सरकारले आज(आइतबार) सिफारिस गरेन ।

आइतबार  साँझ बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा यस सम्बन्धी छलफल भएपनि क–कसलाई पठाउने भन्ने विषयमा टुंगो नलागेपछि आइतबार सरकारको तयारी स्थगित हुन पुगेको हो ।

स्रोतका अनुसार लामो समयसम्म प्रदेश प्रमुख पद रिक्त राख्न नहुने भएकोले  सोमबार नै यस सम्बन्धी आवश्यक निर्णय लिने तयारी सरकारले गरिरहेको बताइन्छ ।

सत्तरुढ नेकपा भित्र प्रदेश प्रमुखमा नियुक्त गर्ने व्यक्तिहरुको विषयमा विवाद भएपछि रोकिएको नियुक्ति प्रक्रिया सोमबारसम्म नेताहरुबीच सहमती गर्ने सहमती बनेको छ ।

बालुवाटार स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ प्रदेश प्रमुखहरुको नाम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् ।

प्रतिनधिसभा र प्रदेशसभा निर्वाचन लगत्तै प्रदेश प्रमुख हटाउने तयारी गरिएको थियो । यतिबेला प्रदेश प्रमुख हटाउनुमा मूलतः दुई कारणले भूमिका खेलेको बताईन्छ ।

पहिलो प्रधानमन्त्री ओलीको स्वास्थ्य । स्वास्थ्यका कारण आराम गर्नुपर्ने अवस्था आएमा जुनसुकै बेला पनि प्रधानमन्त्री छोड्नुपर्ने हुन सक्छ । सरकार र पार्टीको नेतृत्व आफ्नै कमाण्डमा भएकाले सबैतिर ब्यवस्थापन भटाभट गर्ने सोचले काम गरेको टिप्पणी गरिदैछ । त्यसै कारण प्रमुख नियुक्तिहरु एकैपटक गर्न खोजेको देखिन्छ ।

नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट प्रदेश प्रमुखहरुलाई पदमुुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त व्यवस्था छ ।

पदमुक्त प्रदेश प्रमुखमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ (धनकुटा), प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ (काठमाडौँ), प्रदेश नं. ३ का अनुराधा कोइराला (काठमाडौँ), गण्डकी प्रदेशका बाबुराम कुँवर (अर्घाखाँची), प्रदेश नं ५ का उमाकान्त झा (धनुषा), कर्णाली प्रदेशका दुर्गाकेशर खनाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल (कैलाली) हुनुहुन्छ ।

उनीहरुलाई अघिल्लो सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ११ : ४८ बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको