किन गरिएन प्रदेश प्रमुख नियुक्ति ? | Khabarhub Khabarhub

किन गरिएन प्रदेश प्रमुख नियुक्ति ?


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सातै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त भएपछि रिक्त प्रदेश प्रमुख पदमा सिफारिस गर्ने तयारी गरिरहेको सरकारले आज(आइतबार) सिफारिस गरेन ।

आइतबार  साँझ बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा यस सम्बन्धी छलफल भएपनि क–कसलाई पठाउने भन्ने विषयमा टुंगो नलागेपछि आइतबार सरकारको तयारी स्थगित हुन पुगेको हो ।

स्रोतका अनुसार लामो समयसम्म प्रदेश प्रमुख पद रिक्त राख्न नहुने भएकोले  सोमबार नै यस सम्बन्धी आवश्यक निर्णय लिने तयारी सरकारले गरिरहेको बताइन्छ ।

सत्तरुढ नेकपा भित्र प्रदेश प्रमुखमा नियुक्त गर्ने व्यक्तिहरुको विषयमा विवाद भएपछि रोकिएको नियुक्ति प्रक्रिया सोमबारसम्म नेताहरुबीच सहमती गर्ने सहमती बनेको छ ।

बालुवाटार स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ प्रदेश प्रमुखहरुको नाम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् ।

प्रतिनधिसभा र प्रदेशसभा निर्वाचन लगत्तै प्रदेश प्रमुख हटाउने तयारी गरिएको थियो । यतिबेला प्रदेश प्रमुख हटाउनुमा मूलतः दुई कारणले भूमिका खेलेको बताईन्छ ।

पहिलो प्रधानमन्त्री ओलीको स्वास्थ्य । स्वास्थ्यका कारण आराम गर्नुपर्ने अवस्था आएमा जुनसुकै बेला पनि प्रधानमन्त्री छोड्नुपर्ने हुन सक्छ । सरकार र पार्टीको नेतृत्व आफ्नै कमाण्डमा भएकाले सबैतिर ब्यवस्थापन भटाभट गर्ने सोचले काम गरेको टिप्पणी गरिदैछ । त्यसै कारण प्रमुख नियुक्तिहरु एकैपटक गर्न खोजेको देखिन्छ ।

नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट प्रदेश प्रमुखहरुलाई पदमुुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त व्यवस्था छ ।

पदमुक्त प्रदेश प्रमुखमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ (धनकुटा), प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ (काठमाडौँ), प्रदेश नं. ३ का अनुराधा कोइराला (काठमाडौँ), गण्डकी प्रदेशका बाबुराम कुँवर (अर्घाखाँची), प्रदेश नं ५ का उमाकान्त झा (धनुषा), कर्णाली प्रदेशका दुर्गाकेशर खनाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल (कैलाली) हुनुहुन्छ ।

उनीहरुलाई अघिल्लो सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ११ : ४८ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई