वैशाख भित्र पाइपबाट नेपालमा तेल « Khabarhub

वैशाख भित्र पाइपबाट नेपालमा तेल


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार(आज) प्रकाशित नयाँ पत्रिका दैनिकले वैशाखभित्र पाइपलाइनबाट इन्धन शीर्षकको समाचार प्रकाशन गरेको छ ।

समाचार अनुसार पाइपलाइनको काम ७० प्रतिशत सकिएको छ । ६९ किलोमिटरमा ९ किलोमिटर पाइप विछ्याउन बाँकी रहेको छ ।
समाचारमा अगाडि लेखिएको छ–

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रूख कटान गर्ने अनुमति पाएसँगै राष्ट्रिय गौरवको आयोजना मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणले गति लिएको छ । एक महिनामा जंगलभित्र पनि पाइपलाइन तयार गरी आगामी वैशाखभित्र पाइपमार्फत नेपालमा तेल ल्याइने आयोजनाले जनाएको छ ।

मोतिहारी–अमलेखगन्ज पाइपलाइन निर्माण भारतीय कम्पनी निखिथा इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । एक वर्षदेखि निर्माणमा जुटेको कम्पनीले नेपालतर्फको अधिकांश काम सकेपछि निकुञ्ज क्षेत्रमा पर्ने रूख कटानको आदेश नपाउँदा अल्झिएको थियो । वन मन्त्रालयले रूख काट्ने अनुमति दिएसँगै काम तीव्र रूपमा अघि बढेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ५८ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा