अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा कार्यालय धुम्बाराहीमा राखिने | Khabarhub Khabarhub

अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा कार्यालय धुम्बाराहीमा राखिने


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शनिवार राति निधन भएको छ । ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राखिएका अधिकारीको शनिबार राति निधन भएको चिकित्सकले घोषणा गरेका थिए ।

नेकपा नेता कृष्णगोपाल श्रेष्ठले नेता अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा आज(आइतबार) बिहान ९ देखि १२ बजेसम्म राखिने जानकारी गराएका छन् ।

२००८ सालदेखि राजनीतिमा संलग्न अधिकारीले ४ वर्ष भूमिगत, ३ वर्ष निर्वासन र ३ वर्ष बन्दी जीवन बिताएका थिए ।

नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए । मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले आफ्नो गाउँ आफैं बनाउ, वृद्ध भत्ता स्थानीय निकायलाई सोझै अनुदानको व्यवस्था गरेका थिए ।

अधिकारीका तीन छोरी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ७ : ४० बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले