म्यानपावरको धरौटीसम्बन्धी विधेयक दुबै सदनबाट पारित | Khabarhub Khabarhub

म्यानपावरको धरौटीसम्बन्धी विधेयक दुबै सदनबाट पारित


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ऐन संशोधन विधेयक २०७५ मा पेश गरिएको वैदेशिक रोजगारी ऐनमा म्यानपावर कम्पनीको धरौटी बृद्धि गर्ने प्रावधान संघीय संसदको दुवै सदनबाट पारित भएको छ । अब  म्यानपावर कम्पनीले वर्गीकरणका आधारमा धरौटी रकम राख्नुपर्ने भएको छ ।

गत महिना बसेको राष्ट्रियको बैठकमा कानून मन्त्री भानुभक्त ढकालले प्रतिनिधि सभाबाट पारित भएको विधेयकलाई पुन विचार र विषयमा छलफलका लागि राष्ट्रिय सभामा पेश गरेका थिए । उक्त विधेयकमाथि छलफल गरि राष्ट्रिय सभा पारित गरेर अन्तिम निर्णयका लागि मन्त्रिपरिषद वैठकमा पठाएको छ ।

विधेयकमा वैदेशिक रोजगार ऐन २०६४ मा रहेको वैदेशिक रोजगार सञ्चालन गर्न व्यवसायीले लिने इजाजत पत्रको धरौटी झण्डै २० गुणासम्म वृद्धि गरिएको छ । विधेयक राष्ट्रिय सभाबाट पारित भएसँगै राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।

संविधानको धारा ३०४ मा संघीय संसदको बैठक बसेको एक वर्षभित्र संविधानसँग केही कुरा प्रष्ट नभएको खण्डमा कानून संशोधन गर्न मिल्ने व्यवस्था छ । जसका कारण यो विषयमा असहमपत भएमा रोजगार व्यवसायीले कानुनी उपाय खोज्न पाउँछन् ।

वैदेशिक रोजगार ऐन २०६४ वर्तमान संविधानसँग केही विषय अप्रष्ट भएमा धरौटी बृद्धि सम्वन्धी प्रावधान केही नेपाल ऐन संशोधन विधेयकमा समावेश भएकाले धरौटी बृद्धि प्रस्ताव पनि सँगसँगै पारित हुने अवस्था भएको छ ।

संघीय संसदबाट पारित विधेयकमा वार्षिक तीन हजारभन्दा थोरै कामदार वैदेशिक रोजगारीमा पाउने म्यानपावरका हकमा ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी २ करोड, वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाएमा एक करोड नगद र ३ करोड बैंक ग्यारेन्टी गरी ४ करोड र वार्षिक ५ हजारभन्दा बढि कामदार पठाएमा २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरी ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था रहेको छ । हाल २३ लाख बैक ग्यारेन्टी र ७ लाख नगद गरि ३० लाख धरौटी राख्नुपर्ने व्यवस्था छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम बढदै गएपछि वैदेशिक रोजगार ऐन नै शंसोधन गरेर म्यानपावर कम्पनीको धरौटी बृद्धिका लागि सिफारिश गरेको थियो । हाल भएको म्यानपावरको धरौटी रकमले ठगिएका कामदार क्षतिपूर्ति भराउन नपुग्ने भएको भन्दै धरौटी रकम बृद्धिका गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १० : २० बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता