सकियो सलमानको प्रतीक्षित फिल्म ‘भारत’ को शूटिङ « Khabarhub

सकियो सलमानको प्रतीक्षित फिल्म ‘भारत’ को शूटिङ


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ को यतिबेला चौतर्फी चर्चा छ । यो फिल्मलाई लिएर दर्शक लामो समयदेखि प्रतीक्षामा छन् ।

यतिबेला भने यो फिल्मको शूटिङ सकिएको छ । निर्माता अतुल अग्निहोत्रीले फिल्मको छायांकन सकिएको बताएका छन् । साथै उनले एक भिडियो पनि सार्वजनिक गरेका छन् ।

शूटिङ सकिएको औपचारिक घोषणासँगै फिल्मको नयाँ टिजर र गीत रिलिज हुने आशा गरिएको छ ।

अतुलले इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा कटरिना कैफ, सुनील ग्रोबर लगायतलाई देख्न सकिन्छ ।

फिल्म पोस्ट प्रोडक्सनमा पुगिसकेको छ । फिल्मका निर्देशक अब्बास जफर र सलमान खानले यसअघि ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ मा एकसाथ काम गरिसकेका छन् ।

यो फिल्ममा सलमान खानले १८ वर्षदेखि ६० वर्षको वृद्धको भूमिका निभाउँदै छन् । फिल्म कोरियन फिल्म ‘अड टु माइ फादर’ को हिन्दी रिमेक हो ।

फिल्म इदको मौका पारेर सन् २०१९ मै रिलिज हुँदैछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ११ : ५९ बजे

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की