‘सिप्यान’ अवार्ड : तीन विधाका मनोनयन सार्वजनिक, को को अटाए ? | Khabarhub Khabarhub

‘सिप्यान’ अवार्ड : तीन विधाका मनोनयन सार्वजनिक, को को अटाए ?


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो पटक आयोजनना  हुन लागेको एनसीसीएस—‘सिप्यान’ क्रिकेट अवार्ड २०१९ को मनोनयनमा परेका तीन विधाका १५ जना खेलाडीको नाम आयोजक क्रिकेट खेलाडी संघ (‘सिप्यान’) ले सार्वजनिक गरेको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘सिप्यान’ ले तीन विधाका मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । जसमा ‘वर्ष उत्कृष्ट खेलाडी’ पुरुषतर्फ राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का सहित दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी मनोनयनमा परेका छन् ।

यस्तै, महिलातर्फ राष्ट्रिय महिला टोलीकी कप्तान रुवीना क्षेत्री बेलबासी, इन्दु बर्मा, करुणा भण्डारी, सरिता मगर र सीता खराना मगर मनोनयनमा परेकी छन् ।

वर्षको उदयीमान खेलाडीको विधामा अभिनास बोहरा, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल, सन्दीप जोरा र कविता कुँवर मनोनयनमा परेका छन् ।

खेलाडी छनोटका लागि ‘सिप्यान’ले निश्चित मापदण्ड अनुसार खेलाडी छनोट गर्न यसअघि नै ७ सदस्यीय प्राविधिक समिति बनाएको थियो । जसमा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटा, राष्ट्रिय महिला टोली तथा यु—१९ टोलीका प्रशिक्षक विनोद दास, अम्पायर विनोद झा, अम्पायर तथा क्रिकेट विश्लेषक दुर्गा सुवेदी छन् ।

टेक्नीकल कोअडिनेटर रमन सिवाकोटी तथा नेपाल खेलकुद पत्रकार मञ्चका प्रतिनिधि सरिता श्रेष्ठ र सुवास हुमागाईसहितको टोलीले खेलाडीको मनोयन गरेको हो ।

यस्तै, ‘सिप्यान’ले ‘मुम्मेन्ट अफ दी इयर’का लागि यसअघि नै मनोनयन घोषणा गरिसकेको छ । जसको भोटिङ सामाजिक सञ्जाल फेसबुकमा ‘सिप्यान’को फेसबुक पेजमा दिइएको लिङ्कमार्फत भोटिङ गर्न सकिन्छ । जसको भोटिङ समय सोमबार राति १२ बजेसम्म मात्रै रहने आयोजकले जनाएको छ ।

नेपाली क्रिकेटमा योगदान पुर्‍याएका एक व्यक्तिलाई प्रदान गरिने ‘लाइफ टाइम अचिभमेन्ट अर्वाड’को मनोनयन भने मंगलबार सार्वजनिक गरिने आयोजकले जानकारी गराएको छ ।

पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीले नगद १ लाख ३२ हजार पुरस्कार राशि प्राप्त गर्नेछ भने अन्य ४ वटै विधाका पुरस्कृत हुने खेलाडीले समान ६६ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ३ : ५८ बजे

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– मङ्गलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस

खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा असोज ५ सम्म आवेदन दिन सकिने 

काठमाडौं– खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने समय

कारागारबाट भागेका सात कैदी झापाबाट पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना

जेन-जी आन्दोलनको असर : बिना बर्दीमा फर्किए प्रहरी (तस्बिरहरू)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा देशभरिका

दूग्ध उत्पादक किसानलाई अनुदान

बागलुङ– किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम