जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ « Khabarhub

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार एक जना कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ । पाटन नगरपालिका–८ सलमारीका ३४ वर्षीय रमेश विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

जबर्जस्ती करणीको मुद्दामा कैद सजाय तोकिएका विष्टलाई प्रहरीले आज निजको घरबाट पक्राउ गरेको हो । उनी गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा डडेल्धुरा कारागारबाट फरार भएका थिए ।

गोप्य सूचनाका आधारमा आज प्रहरीचौकी खोड्पेबाट प्रहरी नायब निरीक्षक उदयसिंह खडायतको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनले बताए । पक्राउ परेका विष्टलाई कारागार कार्यालय डडेल्धुराको जिम्मा लगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १० : ४९ बजे

फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’

काठमाडौं – नायिक नीता ढुंगाना र बाल गायक अशोक दर्जी

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्ली– नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु

कल्याण गुरुङ भन्छन् : भोटेकोशी बाढीबाट पाठ सिक्दै नदी किनारमा २०० मिटर क्षेत्र खाली राखौँ

काठमाडौं- गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा,

झापाबाट २२ हात्ती भारत तर्फ

झापा– विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले