भारत र पकिस्तानबीचको तनावले विवाह नै रद्द ! « Khabarhub

भारत र पकिस्तानबीचको तनावले विवाह नै रद्द !


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारत र पाकिस्तानबीचको तनावले कुन कुन क्षेत्रमा प्रभाव पार्‍यो होला ? अहिले भारत पाकिस्तान तनावका कारण एउटा अचम्मको घटना घटेको छ ।

कुरा हो भारत राजस्थान राज्यको सीमावर्ती बार्मेर जिल्लास्थित ‘खेजादका पार’ गाउँको । भारत पाकिस्तान तनावका कारण गाउँका एकजना वासिन्दाको विवाह नै रोकिएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार खेजाद का पार गाउँमा बसोबास गर्दै आएका २३ वर्षीन्द्र सिंहले सीमापार पाकिस्तानको सिन्ध प्रान्तको अमरकोट जिल्लास्थित सिनोई गाउँकी चगन कँवरसँग विवाह बन्धनमा बाँधिन लागेका थिए । त्यसैको तयारीका लागि थार एक्सप्रेसको रेल चढेर महेन्द्र सिंह र उनका परिवारका ५ जना सीमा पार गरी शनिबार पाकिस्तान जानुपर्ने भयो ।

तर, त्यसैबीचमा पाकिस्तान र भारतबीचको तनाव उत्कर्षमा पुग्यो । अब आगामी मार्च ८ मा तय भएको विवाह बेहुला तथा बेहुली दुबै पक्षले रद्द गरेका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार खासमा महेन्द्र र चगनको ‘सगाई’ भने तीन वर्ष अगाडी नै भइसकेको थियो । दुबै परिवारले विवाहको मिति आगामी मार्च ८ का लागि तय गरेको थियो । त्यसैका क्रममा महेन्द्र र उनका परिवारका ५ सदस्यले पाकिस्तान जानका लागि गत फेब्रुअरी १४ का दिन ९० दिने भिसा पाएका थिए । तर, दुर्भाग्य के भयो भने फेब्रुअरी १४ कै दिन भारत प्रशासित कश्मीरको पुलावामामा आत्मघाती आक्रमणमा ४० भन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान गयो । त्यसपछि भारतले यसको बदलामा पाकिस्तानको बालाकोटमा आतंकवादीलाई निशाना बनाएर हवाई आक्रमण गर्यो, यसपछि दुबै मुलुकको सम्बन्ध खतरनाक स्तरमा पुग्यो । त्यसलगत्तै भारत र पाकिस्तानबीच एकले अर्काको लडाकु विमान खसालेको भन्ने होडबाजी चल्यो ।

पछिल्लो समय पाकिस्तानले भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमानलाई रिहा गरेपछि भने दुई मुलुकको सम्बन्ध अझ बिग्रिन पाएको छैन ।

तर, त्यतिबेला महेन्द्रका परिवारले सीमापार बेहुलीको परिवारसँग दुबै मुलुकको सम्बन्ध राम्रो नभएकाले विवाह स्थगित गर्ने कुरा गरे । उता बेहुलीको परिवारलाई पनि त्यो प्रस्ताव ठिकै लाग्यो र महेन्द्रका परिवारले पाकिस्तान जानका लागि काटेको थार एक्सप्रेस रेलको टिकट क्यान्सल गरे ।

उनीहरुको विवाह महिनाअघि टुङ्गो लागेको थियो । विवाहका लागि निम्तो बाँड्ने तथा अरु सम्पूर्ण तयारी सकिसकेको थियो । तर, भारत र पाकिस्तानको सम्बन्धमा आएको तनावका कारण विवाह नै रद्द भयो ।

अब महेन्द्र र चगनको विवाह शान्तिपूर्ण समयमा गर्ने योजना रहेको महेन्द्रको परिवारले बताएको छ ।

भारत र पाकिस्तानमा राजपुत, खत्री, मेघवाल, सिन्धी लगायतका जातीमा सीमापार विवाह नियमित नै हुने गरेको बताइन्छ र सीमापार विवाहका लागि सीमापार चल्ने थार एक्सप्रेसको रेल बढी प्रयोग हुने गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : १५ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु