पाकिस्तानी सेनाको नियन्त्रणबाट भारत फर्किएका अभिनन्दनको मेरुदण्डमा चोट | Khabarhub Khabarhub

पाकिस्तानी सेनाको नियन्त्रणबाट भारत फर्किएका अभिनन्दनको मेरुदण्डमा चोट


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– पाकिस्तानी सेनाको हिरासतबाट मुक्त भई स्वदेश फर्केका भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानको मेरुदण्डमा चोट लागेको एमआरआई मेडिकल रिपोर्ट आएको छ ।

पाकिस्तानी सेनाले अभिनन्दनले उडाइरहेको मिग २१ विमान खसालेपछि जमिनमा ओर्लिने क्रममा अभिनन्दनको मेरुदण्डमा चोट लागेको भारतको समाचार संस्था पीटीआईले जनाएको छ ।

उनको दिल्ली क्यान्टोनमेन्टमा रहेको रिसर्च एण्ड रिफरल अस्पतालमा आगामी १० दिनसम्म उपचार हुनेछ ।

मेडिकल रिपोर्टमा अभिनन्दनको शरिरमा पाकिस्तानी सेनाले जासुसीका लागि कुनै पनि उपकरण जडान नगरेको समेत मेडिकल रिपोर्टमा जनाइएको छ ।

गत शुक्रबार स्वदेश फर्केका उनले आफ्ना परिवारका सदस्यलाई भेटिसकेका छन् भने आइतबार उनले भारतीय अधिकारीलाई पाकिस्तानमा भएको घटनाबारे जानकारी दिएका छन् ।

उनको मनोवैज्ञानिक परामर्श भइरहेको र त्यसपछि पूर्ण रुपमा फिट भएपछि मात्रै उनले आफ्नो जिम्मेवारीमा पुनः फर्किने बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : २४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’