लिपस्टिकको प्रयोगबाट दिमागमा असर, बन्नसक्छ क्यान्सरको कारण « Khabarhub

लिपस्टिकको प्रयोगबाट दिमागमा असर, बन्नसक्छ क्यान्सरको कारण


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

महिलाले दैनिक प्रयोग गर्ने सौन्दर्य सामग्रीमध्ये सबैभन्दा बढी प्रयोग हुने कुन होला ? प्राय सबैको जवाफ हुन्छ, ‘लिपस्टिक’ । ओठलाई सुन्दर देखाउने ‘लिपस्टिक’ महिलाले घरमा बस्दा समेत प्रयोग गर्ने गर्छन् ।

अहिले त पुरुषले समेत लिपस्टिक प्रयोग गर्ने गरेका छन् । पुरुषले प्रयोग गर्ने लिपस्टिक समेत बजारमा किन्न पाइन्छ । सुन्दरतालाई महत्व दिएर हामीले प्रयोग गर्ने लिपस्टिकले हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ त ?

आज हामी तपाईंलाई एक अध्ययनबाट पत्ता लागेको तथ्यबारे जानकारी दिँदै छौं । उक्त अध्ययनअनुसार लिपस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता कमजोर हुँदै गएको फेला परेको छ ।

लिपस्टिकमा सीसा (लिड)को प्रयोग हुन्छ । उक्त लिड मानवीय स्वास्थ्यका दृष्टिकोणले उच्च हानिकारक हुन्छ ।

केही समय अगाडि ‘गूड मर्निङ अमेरिका’ पत्रिकाले लिपस्टिकमा लिडको प्रयोगबारे अध्ययन गरेको थियो । अध्ययनमा २२ वटा लिपस्टिक ब्राण्डको अध्ययन गरिएको थियो । जसमध्ये ५५ प्रतिशतमा (लिड)जस्तै हानिकारक तत्वको प्रयोग गरेको पाइयो ।

नेपालमा पनि केही समय अगाडि सरकारले सौन्दर्य सामग्रीमाथि हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो । उक्त अधययनमा पनि लिपस्टिकमा धेरै मात्रामा सीसा (लिड)को प्रयोग हुने गरेको फेला परेको थियो ।

चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका कारण क्यान्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जोखिम हुन्छन् ।

साथै सीसाका कारण तपाईंको सोच्ने र सिक्ने क्षमतामा समेत ह्रास आउन सक्छ । यदि तपाईं पनि दैनिक रुपमा लिपस्टिक प्रयोग गर्नुहुन्छ भने सचेत भइहाल्नुहोस्, कतै सुन्दर बन्ने तपाईंको चाहना स्वास्थ्यका लागि खतरानाक साबित त भइरहेको छैन ?

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ४९ बजे

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको