सिरियामा इस्लामिक स्टेटविरुद्धको सैनिक कारवाही अन्तिम चरणमा « Khabarhub

सिरियामा इस्लामिक स्टेटविरुद्धको सैनिक कारवाही अन्तिम चरणमा


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका समर्थित कुर्दिस लडाकुको नेतृत्वमा रहेको फौजले पूर्वी सिरियाको निकै सानो भूभागमा सिमित आतंकवादी संगठन इस्लामिक स्टेटविरुद्धको कारवाहीलाई निरन्तरता दिइरहेका बेला इस्लामिक स्टेटले भने आक्रमणको प्रतिकार गर्न अत्मघाती कार बम आक्रमणलाई तीब्र बनाएको छ ।

सिरियाको कुर्दिस लडाकु समूह वाइपीजीको नेतृत्वमा रहेको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफ लडाकु समूहले हाल पूर्वी सिरियाको डिएर एजजोर प्रान्तमा रहेको बाघुज शहर आसपास केही सय वर्गमिटरको भूभागमा मात्र सिमित इस्लामिक स्टेटविरुद्धको कारवाहीलाई निरन्तरता दिइरहेका छन् ।

एसडीएफले आइतबारसम्म इस्लामिक स्टेटविरुद्धको निर्णयक युद्ध जितिसक्ने जनाएपनि इस्लामिक स्टेटले आत्मघाती कार बम आक्रमणकाृ श्रृङ्खलालाई तीब्र बनाएपछि त्यो तत्काल संभव नदेखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हाल बाघुज शहर आसपास इस्लामिक स्टेट नियन्त्रित क्षेत्रमा अधिकांश विदेशी गरी केहीसय लडाकु रहेको र उनीहरु मृत्युपरन्त युद्ध गर्न तयार रहेको एसडीएफको अनुमान छ ।

एसडीएफले अमेरिका नेतृत्वको इस्लामिक स्टेटविरुद्धको गठबन्धनको हवाई आक्रमणको सहयोगमा एसडीएफले बाघुज शहर आसपास इस्लामिक स्टेटविरुद्ध सैनिक कारवाही गरिरहेको छ । इस्लामिक स्टेट बाघुज शहरबाट पराजित भए यो पूर्वी सिरियामा इस्लामिक स्टेटको अन्तिम पराजय हुनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ८ : ०० बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र