अल्जेरियामा राष्ट्रपति बोटेफ्लिकाविरुद्धको प्रदर्शन चर्किंदो « Khabarhub

अल्जेरियामा राष्ट्रपति बोटेफ्लिकाविरुद्धको प्रदर्शन चर्किंदो


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर अफ्रिकी मुलुक अल्जेरियामा राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाविरुद्धको प्रदर्शन तीब्र बन्दै गएको छ । बोटेफ्लिाकालाई सत्ता छाड्न माग गर्दै प्रदर्शनको आयोजना गरिएको हो ।

सन् १९९९ देखि अल्जेरियाको सत्तामा रहेका बोटेफ्लिका पाचौँ कार्यकालका लागि राष्ट्रपतिमा उम्मेद्वारी दिने दिन आइतबार पनि अल्जेरिया भर प्रदर्शन भएको हो । प्रदर्शनमा दशौँ हजार मानिसहरुको सहभागिता रहेको जनाइएको छ ।

निकै लामो समयसम्म शासन गरिरहेका बोटेफ्लिकाले पुनः आफ्नो उम्मेद्वारी दिए अझ ठूलो स्तरको प्रदर्शन गरिने विपक्षीले चेतावनी दिँदै आएका छन् । अल्जेरियामा आगामी अप्रिल महिनामा राष्ट्रपतीय निर्वाचन हुँदैछ । राष्ट्रपति बोटेफ्लिकाको नेशनल लिबरेसन फ्रन्ट एनएलएफ पार्टीले बोटेफ्लिकालाई पाचौँ कार्यकालका लागि पुनः राष्ट्रपतिको उम्मेद्वार बनाउने घोषणा गरेपछि अल्जेरियामा व्यापक जनआक्रोश रहेको बताइएको छ ।

८२ वर्षीय बोटेफ्लिाकाको स्वास्थ्य अवस्था निकै जटिल रहेको बताइन्छ । सन् २०१३ मा मष्तिष्कघात भएपछि उनी दुर्लभ रुपमा मात्रै सार्वजनिक कार्यक्रममा देखा पर्दै आएका छन् भने उनी हिँडडुल गर्न ह्विलचियरको प्रयोग गर्दै आएका छन् ।

उत्तर अफ्रिकामा इस्लामिक अतिवादविरुद्धको सैनिक कारवाहीका क्रममा अल्जेरिया निकै महत्वपूर्ण साझेदार रहेकाले बोटेफ्लिकालाई पश्चिमा मुलुकको सहयोग गरहेको बताइन्छ ।

अल्जेरियामा सरकारविरोधी प्रदर्शन निकै कम मात्र हुने गरेको छ । तर, पछिल्ला केही दिन यता अल्जेरियामा जारी प्रदर्शनमा भने ठूलो सङ्ख्यामा मानिसहरुको सहभागिता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि शनिबार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा केही प्रहरीसहित १ सय ८३ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १० : ०१ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा