अल्जेरियामा राष्ट्रपति बोटेफ्लिकाविरुद्धको प्रदर्शन चर्किंदो | Khabarhub Khabarhub

अल्जेरियामा राष्ट्रपति बोटेफ्लिकाविरुद्धको प्रदर्शन चर्किंदो


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर अफ्रिकी मुलुक अल्जेरियामा राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाविरुद्धको प्रदर्शन तीब्र बन्दै गएको छ । बोटेफ्लिाकालाई सत्ता छाड्न माग गर्दै प्रदर्शनको आयोजना गरिएको हो ।

सन् १९९९ देखि अल्जेरियाको सत्तामा रहेका बोटेफ्लिका पाचौँ कार्यकालका लागि राष्ट्रपतिमा उम्मेद्वारी दिने दिन आइतबार पनि अल्जेरिया भर प्रदर्शन भएको हो । प्रदर्शनमा दशौँ हजार मानिसहरुको सहभागिता रहेको जनाइएको छ ।

निकै लामो समयसम्म शासन गरिरहेका बोटेफ्लिकाले पुनः आफ्नो उम्मेद्वारी दिए अझ ठूलो स्तरको प्रदर्शन गरिने विपक्षीले चेतावनी दिँदै आएका छन् । अल्जेरियामा आगामी अप्रिल महिनामा राष्ट्रपतीय निर्वाचन हुँदैछ । राष्ट्रपति बोटेफ्लिकाको नेशनल लिबरेसन फ्रन्ट एनएलएफ पार्टीले बोटेफ्लिकालाई पाचौँ कार्यकालका लागि पुनः राष्ट्रपतिको उम्मेद्वार बनाउने घोषणा गरेपछि अल्जेरियामा व्यापक जनआक्रोश रहेको बताइएको छ ।

८२ वर्षीय बोटेफ्लिाकाको स्वास्थ्य अवस्था निकै जटिल रहेको बताइन्छ । सन् २०१३ मा मष्तिष्कघात भएपछि उनी दुर्लभ रुपमा मात्रै सार्वजनिक कार्यक्रममा देखा पर्दै आएका छन् भने उनी हिँडडुल गर्न ह्विलचियरको प्रयोग गर्दै आएका छन् ।

उत्तर अफ्रिकामा इस्लामिक अतिवादविरुद्धको सैनिक कारवाहीका क्रममा अल्जेरिया निकै महत्वपूर्ण साझेदार रहेकाले बोटेफ्लिकालाई पश्चिमा मुलुकको सहयोग गरहेको बताइन्छ ।

अल्जेरियामा सरकारविरोधी प्रदर्शन निकै कम मात्र हुने गरेको छ । तर, पछिल्ला केही दिन यता अल्जेरियामा जारी प्रदर्शनमा भने ठूलो सङ्ख्यामा मानिसहरुको सहभागिता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि शनिबार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा केही प्रहरीसहित १ सय ८३ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १० : ०१ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक