पशुपति दर्शन : बिहान ३ बजेदेखि चारै ढोका खुल्ने, कुन रुटमा सवारी अवरोध ? | Khabarhub Khabarhub

पशुपति दर्शन : बिहान ३ बजेदेखि चारै ढोका खुल्ने, कुन रुटमा सवारी अवरोध ?


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका अवसरमा पशुपतिनाथमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पशुपतिनाथ मन्दिरको दर्शनमा सहजताका गर्ने उद्देश्यले कोषले एक महिना अघिदेखि नै विभिन्न ८ वटा समिति गठन गरी विभिन्न कार्य गरिरहेको थियो । समितिले आ–आफ्नो क्षेत्रबाट जीम्मेवारपूर्वक काम गरिरहेको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवती रवेण अधिकारीले बताए । उनले भने, ‘धेरै काम सम्पन्न भइसके, रंगरोगनको काम आइतबार नै पूरा भइसकेको छ ।’

शिवरात्रीका अवसर पारी चारैवटा ढोका बिहान ३ बजेदेख खुल्ला रहनेछन् भने भक्तजनले आफुलाई पायक पर्ने ठाउँबाट प्रवेश गर्न सक्नेछन् । चावहिलबाट मित्रपार्क र गौरीघाट हुँदै प्रवेश गर्ने भक्तजनका लागि उत्तर ढोकाको व्यवस्था गरिएको छ । त्यस्तै जयबागेश्वरीबाट प्रवेश गर्नेहरुका लागि पश्चिम ढोकाको व्यवस्था गरिएको छ ।

साथै एयरपोर्ट–गौशला–पिंगलास्थान हुँदै सुमारी भवन उमाकाण्ड तर्फबाट आउने भक्तजनका लागि दक्षिण ढोकाबाट प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ ।  गतवर्ष झैँ यसवर्षपनि १० लाखको हाराहारीमा भक्तजन आउने र ४ हजारको संख्यामा साधुहरु आएको अनुमान विकास कोषले गरेको छ ।

भारत, इन्डोनोसिया, मलेसिया, ब्रम्हालगायत जहाँ हिन्दू धर्मालम्वीहरु छन् त्यहाँबाट आउने गर्छन् । गत वर्ष मलेसियाबाट बढि भक्तजन आएको बताउँदै यसवर्ष पनि ठूलो संख्यामा आउने अनुमान गरिएको अधिकारीले बताए ।

सेवाप्रदायक संस्थाहरु (फलफुल, पानी लगायत विभिन्न खानेकुरा) का लागि भने पार्किङका लागि विशेष स्थान तोकिएको अधिकारीले बताए । उनले भने, ‘उनीहरुका लागि सिफल, गुहेश्वरी, महानगरीय प्रहरी वृत्त गौशला इत्यादि स्थानमा पार्किङ गर्ने सुविधा छ ।’

स्वास्थ्य शिविर

दर्शन गर्न आएका भक्तजनका लागि भन्दै विकास कोषले प्रत्येक वर्ष स्वास्थ्य शिविरको व्यवस्था गर्दै आएको छ । भक्तजनहरु शिवको दर्शनका लागि मन्दिर आउँदा निकै घुँइचो हुने हुँदा हजारौँको संख्यामा स्वयमसेवकहरुको पनि व्यवस्था पनि छ ।

साथै लाइनमा बसेका बिरामीलाई लक्षित गरेर स्वास्थ्य शिविर पनि सञ्चालन हुनेछ । लामो समय लाइन बसेका भक्तजनहरु शारीरिक रुपमा अशक्त, स्वास्थ्य अवस्था कमजोर र रिगँटा लागेर ढल्ने जस्ता समस्या देखिने हुँदा तुरुन्त चेकजाँचका लागि आकस्मिक उपचारका लागि यो व्यवस्था राखिएको हो ।

सवारी रोक लगाइएका स्थानहरुः
शिवरात्रीका दिन ट्राफिक महाशाखाले १० रुटमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ८ : ५७ बजे

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी

धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै जलेश्वरधाम

भद्रपुर– पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री

राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर