कर्णालीमा राष्ट्रियस्तरको क्रिकेट हुने | Khabarhub Khabarhub

कर्णालीमा राष्ट्रियस्तरको क्रिकेट हुने


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रियस्तरको क्रिकेट खेल हुने भएको छ ।

कर्णाली क्रिकेट एकेडेमीले पत्रकार सम्मेलनमार्फत आगामी वैशाख १२–२१ गतेसम्म कर्णाली प्रिमियर लिग दोस्रो संस्करणको टी–ट्वान्टी राष्ट्रिय प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । यसवर्ष प्रदेशस्तरमै सर्वाधिक धनराशीको क्रिकेट खेल प्रतियोगिता गरिने एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए ।

प्रतियोगितामा देशका आठ प्रतिष्ठित क्लबको सहभागिता रहनेछ । खासगरी कर्णाली प्रदेशलाई राष्ट्रिय क्रिकेटमा च्याम्पियन बनाउन, राष्ट्रिय खेलाडी उत्पादन गर्न, एकेडेमी तथा कर्णाली प्रिमियर लिगको संस्थागतका साथै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले खेलको आयोजना गरिएको उनले बताए ।

सो प्रतियोगिताका लागि रु ६० लाख बजेट तर्जुमा गरिएको प्रतियोगिताका संयोजक रेशमबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक टिममा दुईजना विदेशी खेलाडी सहभागी गराउन पाइनेछ । खेलमा अफिसियलसहित १५० खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ९ : ०७ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य