कर्णालीमा राष्ट्रियस्तरको क्रिकेट हुने « Khabarhub

कर्णालीमा राष्ट्रियस्तरको क्रिकेट हुने


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रियस्तरको क्रिकेट खेल हुने भएको छ ।

कर्णाली क्रिकेट एकेडेमीले पत्रकार सम्मेलनमार्फत आगामी वैशाख १२–२१ गतेसम्म कर्णाली प्रिमियर लिग दोस्रो संस्करणको टी–ट्वान्टी राष्ट्रिय प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । यसवर्ष प्रदेशस्तरमै सर्वाधिक धनराशीको क्रिकेट खेल प्रतियोगिता गरिने एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए ।

प्रतियोगितामा देशका आठ प्रतिष्ठित क्लबको सहभागिता रहनेछ । खासगरी कर्णाली प्रदेशलाई राष्ट्रिय क्रिकेटमा च्याम्पियन बनाउन, राष्ट्रिय खेलाडी उत्पादन गर्न, एकेडेमी तथा कर्णाली प्रिमियर लिगको संस्थागतका साथै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले खेलको आयोजना गरिएको उनले बताए ।

सो प्रतियोगिताका लागि रु ६० लाख बजेट तर्जुमा गरिएको प्रतियोगिताका संयोजक रेशमबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक टिममा दुईजना विदेशी खेलाडी सहभागी गराउन पाइनेछ । खेलमा अफिसियलसहित १५० खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ९ : ०७ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित