नातिको अन्तिम संस्कारमा सहभागी भएर लुला पुनः जेल फर्के | Khabarhub Khabarhub

नातिको अन्तिम संस्कारमा सहभागी भएर लुला पुनः जेल फर्के


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भ्रष्टाचारको अभियोगमा दोषि प्रमाणित भएर १२ वर्षको जेल सजाय भोगिरहेको ब्राजिलका पूर्व राष्ट्रपति तथा प्रभावशाली बामपन्थी नेता लुला डा सिल्भा आफ्नो नातिको अन्तिम संस्कारमा सहभागि भएर जेल फर्केका छन् ।

गत शुक्रबार मेनेन्जाइटिस रोगका कारण ७ वर्षे नातिको मृत्यु भएपछि उनलाई अन्तिम संस्कारमा सहभागि हुन जेलबाट केही समयका लागि मुक्त गरिएको थियो ।

साओ पाउलो शहरमा उनी सहभागि भएको अन्तिम संस्कारमा उनका समर्थकहरुको ठूलो भीड थियो । उनले आफ्ना समर्थकमाझ आफूले कुनै गल्ती नगरेको र रजनीतिक पूर्वाग्रह साँध्न आफूलाई जेल हालिएको समेत जनाएका थिए ।

उनले आफ्ना नातिसँग स्वर्गमा भेट भएपछि आफू निर्दोष रहेको बताउने लुलाको भनाइ छ । साथै लुलाले आफू जेलमा रहँदा आफ्नो नातिमाथि लागेको ‘भ्रष्टाचारीको नाति’ को कलंक समेत स्वर्गमै मेटाउने समेत बाचा गरेका छन् ।

सन् २००३ देखि सन् २०१० सम्म ब्राजिलको राष्ट्रपतिको कार्यकाल सम्हालेका लुला भ्रष्टाचार, सम्पत्ति शुद्धिकरणलगायतका अभियोगमा दोषी ठहर भएपछि हाल भने उनी कुरिटिबा शहरको जेलमा जेलजीवन बिताइरहेका छन् । नातिको मृत्यु भएपछि भने अन्तिम संस्कारमा सहभागि हुन उनलाई जेलबाट केही समयका लागि मुक्त गरिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ९ : ३६ बजे

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू