नातिको अन्तिम संस्कारमा सहभागी भएर लुला पुनः जेल फर्के « Khabarhub

नातिको अन्तिम संस्कारमा सहभागी भएर लुला पुनः जेल फर्के


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भ्रष्टाचारको अभियोगमा दोषि प्रमाणित भएर १२ वर्षको जेल सजाय भोगिरहेको ब्राजिलका पूर्व राष्ट्रपति तथा प्रभावशाली बामपन्थी नेता लुला डा सिल्भा आफ्नो नातिको अन्तिम संस्कारमा सहभागि भएर जेल फर्केका छन् ।

गत शुक्रबार मेनेन्जाइटिस रोगका कारण ७ वर्षे नातिको मृत्यु भएपछि उनलाई अन्तिम संस्कारमा सहभागि हुन जेलबाट केही समयका लागि मुक्त गरिएको थियो ।

साओ पाउलो शहरमा उनी सहभागि भएको अन्तिम संस्कारमा उनका समर्थकहरुको ठूलो भीड थियो । उनले आफ्ना समर्थकमाझ आफूले कुनै गल्ती नगरेको र रजनीतिक पूर्वाग्रह साँध्न आफूलाई जेल हालिएको समेत जनाएका थिए ।

उनले आफ्ना नातिसँग स्वर्गमा भेट भएपछि आफू निर्दोष रहेको बताउने लुलाको भनाइ छ । साथै लुलाले आफू जेलमा रहँदा आफ्नो नातिमाथि लागेको ‘भ्रष्टाचारीको नाति’ को कलंक समेत स्वर्गमै मेटाउने समेत बाचा गरेका छन् ।

सन् २००३ देखि सन् २०१० सम्म ब्राजिलको राष्ट्रपतिको कार्यकाल सम्हालेका लुला भ्रष्टाचार, सम्पत्ति शुद्धिकरणलगायतका अभियोगमा दोषी ठहर भएपछि हाल भने उनी कुरिटिबा शहरको जेलमा जेलजीवन बिताइरहेका छन् । नातिको मृत्यु भएपछि भने अन्तिम संस्कारमा सहभागि हुन उनलाई जेलबाट केही समयका लागि मुक्त गरिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ९ : ३६ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक