राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक, एन्फाको लोगो समेत परिवर्तन | Khabarhub Khabarhub

राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक, एन्फाको लोगो समेत परिवर्तन


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी र एन्फाको नयाँ लोगो सार्वजनिक गरिएको छ । योसँगै एन्फाको लोगो तेस्रोपटक परिवर्तन गरिएको हो ।

यसअघि खेलाडीको जर्सीको बाँयातर्फ नेपालको झण्डा राखिएको स्थानमा अखिल नेपाल फुटबल संघको लोगो रहनेछ भने नेपालको झण्डा जर्सीको पछाडि रहनेछ ।

नयाँ जर्सीको छातीमा सर्वाेच्च शिखर सगरमाथाको चित्र रहेको छ ।

एन्फाले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छुट्टा–छुट्टै जर्सी बनाएको छ । यद्यपि घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि मात्रै कुन जर्सीमा खेल्ने भन्ने विषय निर्धारण हुने एन्फाले जनाएको छ ।

एन्फाले पहिलोपटक फुटबल गीत समेत सार्वजनिक गरेको छ । एन्फाको नयाँ गीतको रचना राष्ट्रगानका रचयिता व्याकुल माइलाले गरेका हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ३ : ३१ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग